होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • प्रदेश ५
  • ओली गुमाएको गुमायै, एमाले सातै प्रदेशमा प्रतिपक्षी बन्दै
प्रदेश ५

ओली गुमाएको गुमायै, एमाले सातै प्रदेशमा प्रतिपक्षी बन्दै

  • नागरिक रैबार
ओली गुमाएको गुमायै, एमाले सातै प्रदेशमा प्रतिपक्षी बन्दै

काठमाडौं, १६ भदौ । बागमती र प्रदेश नम्बर १ मामा सरकार जोगाउने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रयास विफल हुने भएको छ । बागमती प्रदेशमा एमाले उपाध्यक्ष समेत रहेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छिन् ।

शाक्यले प्रदेश सभा सांसदहरुलाई मन्त्रीको अफर गरेर रोक्न खोजेपनि १२ जनाले नेकपा एस रोजेका छन् । अब उनले सरकार जोगाउन कि २२ भदौभित्र आफै नेकपा एसमा प्रवेश गर्नुपर्छ कि त अन्य दलसँग गठबन्धन गरेर बहुमत पुर्याउनुपर्छ । यो दुवै सम्भावना लगभग नभएकाले शाक्य पदमुक्त हुने निश्चित भएको छ ।

एमाले अध्यक्ष ओलीले शाक्यलाई मुख्यमन्त्री बनाएर माधव नेपालको पक्षमा जान रोकेका थिए । उनले बागमतीमा एमाले सरकार जोगाउन पनि यो कदम चालेका थिए । तर, उनी असफल हुने भएका छन् ।

विज्ञापन

अब नेकपा एमालेको सरकार कुनै पनि प्रदेशमा नरहने सम्भावना बढेको छ । प्रदेश नम्बर १ मा कति सांसदले नेकपा एस रोज्ने हुन् त्यसले त्यहाँको सरकार टिक्ने या नटिक्ने टुंगो लग्नेछ ।

प्रदेश नम्बर १ मा नेकपा एस रोज्न १० सांसद तयार देखिएका छन् । त्यो अवस्थामा एमालेको बहुमत मात्र गुम्दैन अन्य साना दलसँग मिल्दा पनि बहुमत पुग्दैन । मुख्यमन्त्री भीम आचार्य माधव नेपालको साथ जान लागेका ५ सांसदलाई रोक्न सक्रिय भएका छन् । त्यसका लागि मन्त्री पदको अफर समेत गरेका छन् । तर, राजेन्द्र राईले अझ बढी एमाले सांसद तान्न प्रयास गरेका छन् ।

प्रदेश नं १ पनि गुमेमा नेकपा एमालेको नेतृत्वको सरकार केन्द्र देखि ७ वटै प्रदेशहरुमा रहनेछैन । यसअघि गण्डकी र लुम्बिनी प्रदेशमा एमाले सरकार ढलिसकेको छ । एकपछि अर्को गर्दै ओली नेतृत्वको एमालेलाई देशभर प्रतिपक्ष बनाइने रणनीति सफल बन्दै गएको छ ।

स्थानीय निकायमा एमाले नेतृत्वको नगर र गाउँपालिका सरकारहरु रहेका छन् । तर, त्यहाँ पनि नेकपा एस रोज्नेहरुले गर्दा धेरै पकड गुम्ने देखिएको छ । यसरी ओलीले केन्द्र हुँदै प्रदेशहरुमा एमाले सरकार ढलेको घटना देखिरहेका छन् । ओली गुमाएको गुमायै छन् । अब एमाले सातै प्रदेशमा प्रतिपक्षी बन्दैछ ।-File Photo

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार