होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, चैत्र २५, २०८०
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • कर्णाली प्रदेश सरकारमा कांग्रेस सहभागी हुँदै
देश/प्रदेश

कर्णाली प्रदेश सरकारमा कांग्रेस सहभागी हुँदै

  • नागरिक रैबार
कर्णाली प्रदेश सरकारमा कांग्रेस सहभागी हुँदै

काठमाडौँ– नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ ।कर्णाली प्रदेश कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीका अनुसार अहिले रिक्त रहेका सामाजिक विकास मन्त्रालय र उर्जा तथा जलस्रोत मन्त्रालयमा कांग्रेसले दुईजना सांसदलाई मन्त्री बनाउने भएको हो ।

नेता शाहीले दिएको जानकारीअनुसार सामाजिक विकास मन्त्रालयमा सुर्खेतका यज्ञहादुर बीसी र उर्जा तथा जलस्रोतमा जुम्लाका दिनबन्धु श्रेष्ठलाई मन्त्री बनाइने भएको छ ।

कांग्रेसका दुईजना सांसदहरूलाई आजै मन्त्री नियुक्त गरिने भएपनि सपथ भने भोलि मात्रै हुने नेता शाहीले जानकारी दिए ।

विज्ञापन

माओवादी केन्द्रबाट मुख्यमन्त्री रहेका महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको झण्डै दुई महिनापछि कांग्रेस सरकारमा सहभागी हुन लागेको हो ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै