होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मुखयन्त्री शाहीद्वारा तीजकाे शुभकामना
समाचार

मुखयन्त्री शाहीद्वारा तीजकाे शुभकामना

  • नागरिक रैबार
मुखयन्त्री शाहीद्वारा तीजकाे शुभकामना

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीजलाई परम्परागत अन्धविश्वासी शैलीबाट नभई महिला स्वतन्त्रताका रुपमा मनाउन आग्रह गरेका छन् ।

हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली महिला दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्दै उनले तीजलाई दिदीबहिनीको भेटघाट, सुख–दुःख साट्ने पारिवारिक मिलन र सामाजिक सद्भावको रुपमा मनाउन आग्रह गरेका हुन् ।

 

विज्ञापन

मुखयन्त्री शाहीद्वारा बिहीबार जारी शुभकामना सन्देशमा भनिएको छ, ‘तीज विगतमा भाग्यलाई सराप्ने अन्धविश्वासी सोचमा आधारित हुनुहुँदैन र आजभोलि भड्किलो संस्कृतिमा रुपान्तरित यसले समाजमा भित्र्याएका विकृति हटाउँदै जानुपर्छ । तीजको मौलिकतालाई स्थापित गर्दै सामाजिक सद्भाव, एकता, भातृत्व एवं भगिनित्व विकास गर्न नयाँ पुस्ताको महत्वपूर्ण भूमिका हुनुपर्दछ ।’

मुख्मन्त्री शाहीले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक विविधताले भरिपूर्ण हाम्रो समाजलाई पारस्परिक सम्मान, सद्भाव एवं एकतासहित अघि बढ्न तीज पर्वले प्रेरित गरेको बताएका छन् । कोरोना महामारीको संकट कायमै रहेकाले यसबाट आफू बच्न र अरुलाई पनि बचाउन घरमै बसेर खुशीसाथ तीज मनाउन सुझाउँदै उनले सबैलाई एकताबद्ध, आफ्ना हक अधिकारप्रति सचेत एवं कर्तव्यप्रति जागरुक हुन तीजबाट प्रेरणा मिलोस् भन्ने शुभेच्छा प्रकट गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार