होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । साविक विजेता फ्रान्स सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपमा छनाेट भएकाे छ ।युरोपियन छनोट अन्तर्गत शनिबार राति कजाखस्तानलाई ८-० ले पराजित गर्दै फ्रान्सले विश्वकपमा स्थान पक्का गरेको हो । फ्रान्सलाई फराकिलाे जित दिलाउन किलियन एमबाप्पेले ४ गोल गरे ।यस्तै करिम बेन्जामाले दुई तथा एन्टाेनी ग्रीजमन र एड्रिएन र्याबिओटले एक-एक गाेल गरे […]
काठमाडौं । जर्गिन्होले अन्तिमा पाएको पेनाल्टी गुमाएपछि इटलीले विश्वकपको छनोटमा स्वीट्जरल्याण्ड्सँग १-१ को बराबरी खेलेको छ । बराबरीपछि युरोपियन छनोटको समूह सी मा दुवै टिमको समान अंक छ तर गोलअन्तरमा इटली अघि छ । समूह विजेता बन्दै सिधै विश्वकपमा छनोट हुनका लागि अन्तिम खेल कुर्नुपर्ने भएको छ । घरेलु मैदान रोममा भएको खेलको ९०औं मिनेटमा […]
काठमाडौं । कोलम्बियालाई शुक्रबार बिहान १-० ले पराजित गर्दै ब्राजिलले अर्को वर्ष कतारमा हुने पिफा विश्वकपमा स्थान पक्का गरेको छ । दक्षिण अमेरिकी छनोट अन्तरगत शुक्रबार विहान भएको खेलमा ब्राजिलले लुकास पाक्वेटाको एक मात्र गोलको मदतमा कोलम्बियालाई हराएको हो । पाक्वेटाले नेइमारको पासमा ७२औं मिनेटमा गोल गरेका थिए । जितसँगै ब्राजिल छनोटमा ६ खेल बाँकी […]
काठमाडौं । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपमा अहिलेसम्म युरोपबाट दुई टिम छनोट भइसकेका छन् । आयोजकको रुपमा कतार पनि सिधै छनोट भइसकेको छ भने जर्मनी र डेनमार्कले समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै दुई खेल अगावै कतारको टिकट पक्का गरिसकेको छ । युरोपबाट कुल १३ राष्ट्रले विश्वकप खेल्न पाउनेछन् । अब ११ टिम छानोट […]
भारतीय क्रिकेट टोली यो वर्षको टी–२० विश्वकपबाट बाहिरिएको छ । भारतले सेमिफाइनलसम्म पनि स्थान बनाउन सकेन । समूह चरणको आफ्नो अन्तिम खेलमा भारतले नामिबियालाई ९ विकेटले पराजित गर्यो । योसँगै टी–२० मा कप्तानको रूपमा विराट कोहलीको यात्रा पनि समाप्त भएको छ । विश्वकपभन्दा अघि नै कोहलीले प्रतियोगितापछि टी–२० टोलीको कप्तान छाड्ने बताएका थिए । नामिबियाविरुद्धको […]
नागरिक रैबार/बाजुरा १७ कार्तिक। दोस्रो नगर स्तरीय फुटवल प्रतियोगिताको कप पनि बडीमालिका नगरपालिका ९ ले जितेको छ ।आज सम्पन्न भएको फाइनल खेलमा आयोजक बडीमालिका ८ लाई २-१ ले पराजित गर्दै बडीमालिका ९ दोस्रो नगर स्तरीय कप जितेको हो । अघिल्लो वर्ष समेत कप जितेको बडीमालिका ९ ले यस वर्ष पनि उत्कृष्ट खेल प्रर्दशन गर्दै दोस्रो […]
प्रथम ईमर्जिङ बाजुरा क्रिकेट कपकाे उपाधि बुढीगंगा क्रिक्रेट क्लबले जितेकाे छ । आयोजक बडिमालिका क्रिक्रेट क्लबलाई ७ विकेटले पराजित गर्दै बुढीगंगा क्रिकेट क्लवले उपाधी जित्न सफल भएकाे हो । १६ ओभरको खेलमा सबै विकेट गुमाएर ९२ रनमा समेटिएको आयोजकलाई बुढीगंगा क्रिक्रेट क्लबले १२ ओभरको समाप्तीमै १ विकेटको क्षतिमा लक्ष्य भेटाएर खेल जितेको हो । १० […]
नागरिक रैबार बाजुरा १२ कार्तिक। बडीमालिका नगरपालिका वडा नम्बर ८ काे आयाेजनामा दाेस्राे नगर स्तरीय 7 ए साईड फुटबल कप प्रतियोगिता आजबाट सदरमुकाम मार्तडीमा सूरू भएकाे छ । नगरपालिका भित्रका खेलाडीहरूकाे प्रतिभालाई पहिचान गराउने उद्वेश्यले बडीमालिका ८ ले तिहारकाे अवसरमा दाेस्राे नगर स्तरीय फुटबल प्रतियाेगिताकाे आयाेजना गरिएकाे वडा अध्यक्ष प्रकाश रावलले बताएका छन् । बडीमालिका […]
काठमाडौं । म्यानचेष्टर युनाइटेडले लिभरपुरसँग लज्जास्पद हार व्यहोरेको छ । आइतबार राति भएको भिडन्तमा लिभरपुलले मोहम्मद सलाहको ह्याट्रिकसँगै युनाइटेडमाथि ५–० को जित निकालेको हो । १० वर्ष एक दिनअघि म्यानचेष्टर सिटीसँग ६–१ को हार व्यहोरको थियो । त्यसयता युनाइटेडले व्यहोरेको यो नै लज्जास्पद हार हो । ओल्ड ट्राफर्डमा भएको खेलमा लिभरपुलले नेभी काइटाको गोलबाट अग्रता […]
म्यानचेस्टर युनाइटेड फर्किएयता क्रिस्टियानो रोनाल्डोले निरन्तर गोल गरिरहेका छन् । तर, टिमको डिफेन्समा पर्याप्त मेहनत गर्न नसकेको भन्दै उनको आलोचना पनि भइरहेको छ । अहिले रोनाल्डोले यसको जवाफ फर्काएका छन् । ‘मलाई थाहा छ, टिमलाई कतिबेला रक्षापंक्तीमा मेरो सहयोग चाहिन्छ,’ स्काई स्पोर्टस्सँगको कुराकानीमा रोनाल्डोले भने,‘तर मेरो भूमिका क्लबलाई जिताउने हो । टिमबाट गोल गर्ने हो […]
काठमाडौं । आईसीसी टी-२० क्रिकेट विश्वकपमा आजदेखि दोस्रो चरण अर्थात सुपर १२ का खेल सुरु हुँदैछन् ।पहिलो चरणको खेल सकिएपछि चार टिम सुपर १२ मा प्रवेश गरेका छन् । यससँगै सुपर १२ को समीकरण पूरा भएको हो । सुपर १२ मा टिमहरुलाई दुई समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत आज दुई खेल हुँदैछन् ।सुपर १२ […]
१ कात्तिक, काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बर्खास्तीको प्रक्रिया अघि बढाउने अनुमति दिएको एक मन्त्रीले जानकारी दिए ।
काठमाडौं १ कात्तिक । सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुठबल टोलीका खेलाडीहरुलाई ५-५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खेलाडीहरुलाई ५/५ लाख र प्रशिक्षकहरुलाई ३-३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनलसम्म पुगेको थियो । तर फाइनलमा […]
नागरिक रैबार/बाजुरा १ कार्तिक। जिल्लाको खप्तड क्षेडेदह गाउँपालिकाको आटिचौरस्थित दशरथ माविको खेल मैदानमा हुने तेस्रो क्षेडेदह कप फुटवल प्रतियोगिताका पहिलो चरणका खेलहरु भोलीबाट संचालन गरिने भएका छन् । आज औपचारिक रुपमा प्रतियोगिताको एक कार्यक्रमकाविच उद्धघाटन् गरिएको छ । प्रतियोगिताको एक औपचारिक कार्यक्रमका विच पूर्व संविधान सभा सदस्य महाँ नेपालीले उद्धघाटन् गरेका छन् । प्रतिकुल माैषमका […]
काठमाडौँ, १ कात्तिक: साफ च्याम्पियनसिपको उप-विजेता नेपाली फूटबल टोली स्वदेश आइपुगेको छ । कतार एयरको जहाजबाट आज (सोमबार) फुटबल टोली नेपाल आइपुगेको हो । स्वदेश फर्किएका खेलाडीहरुलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज आफैं विमानस्थल पुगेका थिए । साफमा नेपाली खेलाडीहरुले गरेको प्रदर्शनको प्रशंसा समेत उनले गरेका थिए । साथै, आफ्नो मन्त्रालय र सरकारको […]
काठमाडौं । टी–२० विश्वकप क्रिकेट आजदेखि सुरु हुँदैछ । कोरोना महामारीका कारण २०२० मा हुन नसकेको यो प्रतियोगिता संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानमा हुने छ । यो प्रतियोगिता २९ दिनसम्म चल्नेछ र, २८ कात्तिक (१४ नोभेम्बर)मा हुने फाइनलले वल्र्ड च्याम्पियन तय गर्नेछ । प्रतियोगितामा १६ टिम सहभागी हुनेछन् । तर पहिलो चरणमा ८ टिमले […]
साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग पराजित भएको छ। माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार नेपाललाई ३–० पराजित गर्दै भारतले आठौं पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो। पहिलो पटक फाइनल पुगेको नेपाल भने फाइनलमा पराजित हुँदै उपविजेतामा सिमित भएको छ। फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा आक्रामक सुरुवात गरेको भारतले सुरुवातमै २ गोल गर्दै खेलमा […]
नेपाल र भारत आज साफ च्याम्पियनसिपको फाइनलमा भिड्दैछन् । माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा राति ८ बजेर ४५ मिनेटमा फाइनल खेल सुरु हुनेछ । नेपाल पहिलोपटक यो प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो भने भारतले यो प्रतियोगिता सर्वाधिक सात पटक जितिसकेको छ । तर यसपटक प्रतियोगितामा भारतले निकै खराब सुरुवात गरेको थियो । पहिलो खेलमा १० खेलाडीमा […]
माले (माल्दिभ्स) — नेपाली फुटबलका लागि आज शनिबार विशेष रहनेछ, किनभने नेपाल भारतविरुद्ध साफ च्याम्पियनसिप २०२१ को ऐतिहासिक फाइनलमा भिड्दैछ । नेपाल साफ च्याम्पियनसिपको इतिहासमै फाइनल पुगेको यो पहिलो पल्ट हो । नेपालले माल्दिभ्सको नेसनल स्टेडियममा हुने खेलमा भारतलाई हराउँछ भने त्यो आफ्नो फुटबल इतिहासकै सबैभन्दा ठूलो सफलता सावित हुनेछ । माल्दिभ्सको स्थानीय समय अनुसार […]
काठमाडौँ- साफ फुटबलको उपाधि भिडन्त आज हुँदैछ ।उपाधिका लागि नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग आज राति ८:४५ बजे माल्दिभ्स फुटबल स्टेडियममा खेल्दैछ । १३औँ संस्करणको खेल चलिरहँदा पहिलो पटक उपाधि नजिक पुगेको नेपाललाई ७ पटक उपाधि जितेर सर्वाधिक सफल बनेको भारतसँग खेल्न त्यति सजिलो छैन ।भारत लिग चरणको विजेता बन्दै फाइनल पुगेको हो भने नेपालले उपविजेता […]