होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • खेलकुद
  • नेपाललाई सुरुवाती अग्रता, सावित्राले तीन वर्षपछि राष्ट्रिय टिमबाट गोल गरिन्
खेलकुद

नेपाललाई सुरुवाती अग्रता, सावित्राले तीन वर्षपछि राष्ट्रिय टिमबाट गोल गरिन्

नेपालकी सुपरस्टार स्ट्राइकर सावित्रा भण्डारीले वर्षाले प्रभावित खेलको १२औं मिनेटमा डेब्यूटेन्ट अमिसा कार्कीको पासमा गोल गरी नेपाललाई अग्रता दिलाएकी हुन् ।

  • नागरिक रैबार
[sharethis-inline-buttons]
नेपाललाई सुरुवाती अग्रता, सावित्राले तीन वर्षपछि राष्ट्रिय टिमबाट गोल गरिन्

काठमाडौं । साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा भुटानसँग प्रतिस्पर्धा गरिरहेको नेपालले सुरुवाती अग्रता लिएको छ ।नेपालकी सुपरस्टार स्ट्राइकर सावित्रा भण्डारीले वर्षाले प्रभावित खेलको १२औं मिनेटमा डेब्यूटेन्ट अमिसा कार्कीको पासमा गोल गरी नेपाललाई अग्रता दिलाएकी हुन् ।

सावित्राले तीन वर्षपछि राष्ट्रिय टिमबाट गोल गरेकी हुन् । २०७६ मंसिरमा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुदयता उनी पहिलोपल्ट राष्ट्रिय टिमबाट खेलेकी हुन् र गोल गरेकी हुन् ।

विभागीय टोली एपीएफकी यी स्ट्राइकर राष्ट्रिय महिला लिगका क्रममा २०७७ माघमा चोटग्रस्त भएकी थिइन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को सहयोगमा कतारको चर्चित अस्पटार अस्पतालमा उपचार गराएकी हुन् ।

विज्ञापन

चोटबाट फर्किएर गत चैतमा राष्ट्रिय महिला लिग खेलेकी थिइन् । चोटका कारण सावित्राले बंगलादेशसँगको मैत्रीपूर्ण खेल र एसिया कप छनोट प्रतियोगिता गुमाएकी थिइन् । सावित्राले राष्ट्रिय टिमबाट ३९औं खेलमा ३९औं गोल गरेकी हुन् ।

७ टिम सहभागी प्रतियोगिताको समूह बीमा नेपालसहित भुटान र श्रीलंका छन् । समूह एमा भने भारत, बंगलादेश, पाकिस्तान र माल्दिभ्स छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै