होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • गायिका इब्सुल संज्याल उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित
मनोरञ्जन

गायिका इब्सुल संज्याल उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित

  • नागरिक रैबार
गायिका इब्सुल संज्याल उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित

नागरिक रैबार/बाजुरा २४ माघ । गायिका इब्सुल संज्याल उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित भएकि छन् । कालिकोट जिल्लाको पचलझरना वडा नम्वर ६ घर भएकी इव्सुललाई राष्ट्रिय युवा सेवा कोषले नगद १० हजार सहित उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित गरेको हो ।

No description available.

गायन क्षेत्रमा मिठो कला, गला, आवाज र स्वरको माध्यमबाट हाँशीहाँसी दर्शक तथा श्रोतालाई मनोरन्जन दिदै हृदयस्पर्सी तथा मार्मिक गीतहरुको माध्यमबाट भाषा कला, तथा साहित्यको श्रीवृद्धि गर्न सफल भएको उनलाई सम्मानित गरिएको राष्ट्रिय युवा सेवा कोषका अध्यक्ष प्रदीपमान बैद्यले बताएका छन् ।

विज्ञापन

No description available.

राष्ट्रिय युवा सेवा कोषले प्रदान गरेको यो पुरस्कारले आफुलाई अझ यही क्षेत्रमा लाग्न थप प्रेरणा मिल्ने इव्सुलले बताएकि छन् । पछिल्लो समय उनको स्वरमा रेकर्ड भएका लाईभ दोहोरी, लोकदोहोरी गीत, देउडागीतहरु फेसवकु, टिकटक लगायतका सामाजिक सञ्जालमा चर्चाको शिखरमा छन् । यति मात्रै नभइ उनले मोडलिङ गरेका गितहरु समेत दर्शक श्रोताहरुले रुचाएका छन् ।

लोकदोहोरी गाएर पछिल्लो समय सबैतिर चर्चा कमाएकि उनी मोडलिङ मार्फत विगत चार वर्षदेखि साँगितिक क्षेत्रमा जमेकी छन् । २० वर्षको सानै उमेरमा गायन र मोडलिङ क्षेत्रमा जमेकी इव्सुल अहिले स्नातक प्रथम वर्षमा अध्ययनरत रहेकी छन् । उनको सपना भने चर्चित गायिका बन्ने छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार