होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • नेपाल रेडक्रस सोसाईटी बाजुराको २१ औँ वार्षिक साधारण सभा सुरु
बाजुरा बिशेष

नेपाल रेडक्रस सोसाईटी बाजुराको २१ औँ वार्षिक साधारण सभा सुरु

  • नागरिक रैबार
नेपाल रेडक्रस सोसाईटी बाजुराको २१ औँ वार्षिक साधारण सभा सुरु

नागरिक रैबार। नेपाल रेडक्रस सोसाईटी बाजुरा शाखाको २१ औँ वार्षिक साधारण सभा मार्तडीमा आजबाट सुरु भएको छ । नवता, निश्पक्षता, तटस्थता, स्वाधिनता, स्वयंसेवा, एकता र बिश्वब्यपकता भन्ने मन्त्र लिएको नेपाल रेडक्रस सोसाइटी बाजुरा शाखाको २१औ वार्षिक साधारण सभा आजबाट सूरु भएको  नेपाल रेडक्रस सोसाइटी बाजुराका सभापति मेखराज जैसीले बताएका छन ।

कार्यक्रम दुई दिन सम्म सन्चालन हुने छ । साधारण सभामा नेपाल रेडक्रसका २१ वटा उप शाखाका सभापति र प्रतिनिधीहरु सहभागी रहेका छन् । साधारण सभाको उद्घाटनपछि आजै बन्द सत्र संचालन भएको रेडक्रसका सभापति जैशीले बताएका छन् । साधारण सभामा आर्थिक प्रतिवेदन र प्रगती प्रतिवेदन माथि छलफलपछि सभा सकिने सभापति जैशीको भनाइ छ ।

नेपाल रेडक्रस सोसाईटी बाजुराका सभापति मेखराज जैशीको अध्यक्षतामा सूरु भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकाया रहेका थिए । रेडक्रसका मन्त्री टंकप्रसाद न्यौपानेले संचालन गरेको कार्यक्रमको विशिष्ठ अतिथी प्रमुख जिल्ला अधिकारी भिमाकान्त पौडेल नेपाली काँग्रेसमा उपसभापती पदम बडुवाल, नेकपा ऐमालेका जिल्ला अध्यक्ष भरत बहादुर थापा ,नेकपा एकिकृत समाजवादीका अध्यक्ष पुरबहादुर रावत लगाएत सरकारी तथा गैर सरकारी कार्यलयका प्रमुखको उपस्थीती रहेका थिए भने कार्यक्रम बडिमालिका नगरपालिकाको सभा हलमा संचालन भएको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार