होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • उपनिर्वाचनको कार्यक्रम स्वीकृत : चैत २४ गते मनोनयन दर्ता
देश/प्रदेश

उपनिर्वाचनको कार्यक्रम स्वीकृत : चैत २४ गते मनोनयन दर्ता

  • नागरिक रैबार
उपनिर्वाचनको कार्यक्रम स्वीकृत : चैत २४ गते मनोनयन दर्ता

काठमाडौं : निर्वाचन आयोगले २०८१ साल वैशाख १५ गते हुने उपनिर्वाचनको लागि निर्वाचन कार्यक्रम स्वीकृत भएको छ। इलाम निर्वाचन क्षेत्र नम्बर २ र बझाङ-१(१) मा उपनिर्वाचन हुन लागेको हो।

कार्यक्रमअनुसार २०८० चैत २४ गते बिहान १० बजेदेखि बेलु्का ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने सोही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशित हुनेछ।

उम्मेदवारहरूको विरोधमा उजुरीको समय २०८० चैत २५ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मका लागि तोकिएको छ। सोही दिनको दिउँसो ३ बजेदेखि चैत २६ गते बेलुका ५ बजेसम्म मनोनयन र उजुरीउपर जाँचबुझ एवं निर्णय गरिनेछ।

विज्ञापन

यसैगरी चैत २६ गते बेलुका ५ बजेदेखि ६ बजेसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ।

२०८० चैत २७ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। आयोगका अनुसार सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ। निर्वाचन कार्यक्रमअनुसार वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ। अन्नपूर्णपोष्टबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार