होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनकाे प्रधानमन्त्री प्रचण्डले गरे उद्घाटन
समाचार

प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनकाे प्रधानमन्त्री प्रचण्डले गरे उद्घाटन

  • नागरिक रैबार
प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनकाे प्रधानमन्त्री प्रचण्डले गरे उद्घाटन

नागरिक रैबार/बाजुरा २३ खप्तड। सुदूरपश्चिम प्रदेशकाे भू–स्वर्गका रूपमा परिचित रहेकाे खप्तड क्षेत्रमा आजबाट प्रथम खप्तड अन्तर्राष्ट्रिय अध्यात्मिक सम्मेलन सूरू भएको छ । सम्मेलनकाे एक कार्यक्रमका विच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् ।

सम्मेलनकाे उद्घाटनमा समाराेहमा बाेल्दै प्रधानमन्त्री प्रचण्डले खप्तडको विकासका लागि सरकार सकारात्मक रहेकाे बताएका छन् । उनले सुदूरपश्चिम प्रदेशकाे विकाससका लागि आफू पहिलाे प्राथमिकताका साथ राखेर अगाडि बढिरहेकाे प्रतिवद्धता व्यक्त गरेका छन् ।

खप्तड क्षेत्र पर्यटन तथा व्यवस्थापन समितिकाे आयाेजनामा आजबाट सूरू भएकाे सम्मेलन २५ गते सम्म संचालन हुने खप्तड क्षेत्र पर्यटन तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काले बताएका छन् । सुदूरपश्चिम प्रदेश सरकार, खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिको पहलमा सूरू भएकाे सम्मेलनमा भारतीय योगगुरु बाबा रामदेव र बालकृष्ण आचार्यकाे पनि सहभागिता रहेकाे छ ।

विज्ञापन

त्यस्तै सम्मेलनमा प्रदेशका ९ वटै जिल्लाका विभिन्न साँस्कृतिक झलकहरू समेत प्रदर्शन गरिएका छन् । कार्यक्रममा पुर्वपर्धानमन्त्री झलनाथ खनाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एमालेका नेता भिम रावल, सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जाेशी, मुख्यमन्त्री कमल बहादुर शाह लगायत सहभागी भएका थिए ।

समुद्री सतहबाट झण्डै तीन हजार दुई सय मिटरको उचाइमा रहेको खप्तड क्षेत्र प्रकृति, पर्यटनका दृष्टिले एकदमै महत्वपूर्ण रहेको छ । सुदूरपश्चिमका डोटी, बझाङ, बाजुरा र अछामको सङ्गम क्षेत्रका रूपमा रहेको यो क्षेत्रमा खप्तड बाबाले पाँच दशकसम्म साधना गरेका थिए ।

यो क्षेत्रमा खप्तडबाबाको कुटी, सहस्त्र लिङ्ग, विभिन्न २२ पाटन, ५३ झोती (टापु) लगायतका आकर्षक संरचना छन् । जडीबुटी पनि पाइन्छन । खप्तड राष्ट्रिय निकुञ्ज पनि रहेको यो क्षेत्र झण्डै दुई सय २५ वर्ग किलोमिटरमा फैलिएको छ ।

आध्यात्मिक पर्यटनको प्रबवद्र्धन गर्दै प्रदेशको समग्र विकासमा टेवा पुर्याउने उद्देश्यले यो सम्मेलनकाे आयाेजना गरिएको हो । सुदूरपश्चिमकाे खप्तड क्षेत्र देवभूमि र तपोभूमिका रूपमा सदियौँदेखि परिचित छ

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार