होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • दुर्गेशले ल्याए ‘दुर्गा नाच्छे बिच्च बिच्चमा’
मनोरञ्जन

दुर्गेशले ल्याए ‘दुर्गा नाच्छे बिच्च बिच्चमा’

  • नागरिक रैबार
दुर्गेशले ल्याए ‘दुर्गा नाच्छे बिच्च बिच्चमा’

काठमाडौँ । हरेक वर्षको तीजमा गायक दुर्गेश थापा कुनै न कुनै कारणले चर्चामा रहन्छन् । यो पटक पनि उनले गीतमा नयाँ प्रयोग गरेर चर्चा बटुलेका छन् ।

यो पटक उनको चर्चाको विषयमा दुर्गेश होइन, दुर्गा नाच्छे बिच्च बिच्चमा भन्ने भएको छ । आफ्नो सुपर हिट गीत ‘बिच्च बिच्चमा’ को छैटौँ शृङ्खलाको रूपमा उनले ‘दुर्गा नाच्छे बिच्च बिच्चमा’ ल्याएका हुन् ।

गीतको भिडियोमा दुर्गेश तेस्रो लिंगीको रूपमा देखिएका छन् भने उनले महिलाको पहिरन उफ्री उफ्री नाचेका छन् । गीतमा शब्द तथा सङ्गीत दुर्गेशकै रहेको छ भने स्वरमा उनलाई सुमित्रा कोइरालाले साथ दिएकी छन् ।

विज्ञापन

भिडियोको निर्देशन मौसम हिमालीले गरेका हुन् । नवराज उप्रेती र बिगेश श्रेष्ठको छायाङ्कन रहेको भिडियोमा मनोज कार्कीको सम्पादन छ । दुर्गेशले सन् २०१९ मा ल्याएको ‘हामी पनि नाच्नुपर्छ बिच्च बिच्चमा’ गीतबाट चर्चा कमाएका थिए । त्यसपछि साङ्गीतिक क्षेत्रमा स्थापित उनी बेलाबेलामा विवादमा मुछिँदै आएका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै