होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एसईईको नतिजा खस्कियो, परीक्षामा गयल हुनेको संख्या बढ्यो
समाचार

एसईईको नतिजा खस्कियो, परीक्षामा गयल हुनेको संख्या बढ्यो

  • नागरिक रैबार
एसईईको नतिजा खस्कियो, परीक्षामा गयल हुनेको संख्या बढ्यो

कोरोना महामारी अघि र पछिको एसईई नतिजा तुलनात्मक रुपमा खस्किएको पाइएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबारसार्वजनिक गरेको नतिजाअनुसार कोभिड अगाडि र अहिले नतिजा तुलनात्मक रुपमा खस्किएको देखिएको हो ।
कोभिड अगाडि अर्थात शैक्षिक सत्र २०७५ मा २ लाख २९ हजार १३४ छात्रा र २ लाख ३० हजार १४१ जना छात्र परीक्षामा सहभागी भएकामा शैक्षिक सत्र २०७८ मा सो संख्या बढेर छात्रा २ लाख ४६ हजार ९४१ जना र छात्र २ लाख ४८ हजार ७८४ जना सहभागी थिए । जसमा विभिन्न जीपीए ल्याएर उत्तीर्ण हुनेको संख्या खस्किएको हो । तथ्यांकअनुसार शैक्षिक सत्र २०७५ मा ३.६ देखि ४.० जीपीए ल्याएर उत्तीर्ण हुने प्रतिशत ३.८३ थियो तर यो वर्ष १.९४ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । यस्तै ३.२ देखि ३.६ जीपीए ल्याएर तीन वर्षअघि ११.१३ प्रतिशत उत्तीर्ण भएका थिए । यो वर्ष सो प्रतिशत घटेर ८.४० मा सीमित भएको छ ।

यस्तै तीन वर्षअघि २.८ देखि ३.२ जीपीए ल्याउने १३.८८ प्रतिशत, २.४ देखि २.८ जीपीए ल्याउने १६.६७ प्रतिशत, २.० देखि २.४ प्रतिशत ल्याउने २१.३८ प्रतिशत, १.६ देखि २.० ल्याउने २०.७५ प्रतिशत, १.२ देखि १.६ ल्याउने ९.५५ प्रतिशत, ०.८ देखि १.२ जीपीए ल्याउने ०.९६ प्रतिशत परीक्षार्थी रहेका छन् यस शैक्षिक क्षेत्रमा सोही जीपीएमा उत्तीर्ण प्रतिशत क्रमशः १४.१०, १८.३१, २२.७४, २०.२९, ८.९९४, ०.६६२ रहेको छ। तथ्यांकअनुसार केही जीपीएमा सुधार देखिएपनि अधिकांशमा खस्किएको नतिजा देखिएको हो । ​

​यस्तै तीन वर्षअघि ८ हजार ४६९ जना परीक्षामा गयल भएकामा यो वर्ष २२ हजार ६४० जना गल भएका छन् । जुन १.८४ प्रतिशतबाट बढेर ४.५७ प्रतिशतमा पुगेको हो ।

विज्ञापन

जीपीएअनुसार नतिजा
नतिजाअनुसार ३.६ देखि ४ जीपीए ल्याएर ९ हजार ६३३ जना उत्तीर्ण भएका छन् । यस्तै ३.२ देखि ३.६ जीपीए ल्याएर ४१ हजार ६२७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । यसैगरी २.८ देखि ३.२ जीपीए ल्याएर ६९ हजार ९०० विद्यार्थी उत्तीर्ण भएका छन् भने २.४ देखि २.८ जीपीए ल्याएर ९० हजार ७५८ विद्यार्थी उत्तीर्ण भएका छन् । यसैगरी २.० देखि २.४ जीपीए ल्याउने विद्यार्थीको संख्या १ लाख १२ हजार ७३३ जना रहेको छ भने १.६ देखि २।.० जीपीए ल्याउने विद्यार्थीको संख्या १ लाख ५९४ जना रहेको छ ।

यस्तै १.२ देखि १.६ जीपीए ल्याउने विद्यार्थीको संख्या ४४ हजार ५८६ जना रहेको छ भने ०.८ देखि १.२ जीपीए ल्याउनेको संख्या ३ हजार २८० जना रहेको छ ।

प्रदेशगत नतिजा
एसईई परीक्षामा प्रदेश नम्बर १ बाट कुल ८४ हजार ४९१ परीक्षार्थी उत्तीर्ण भएका छन् । कुल उत्तीर्ण प्रतिशतको आधारमा प्रदेश १ बाट १७.४ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका हुन् । विभिन्न जीपीए ल्याएर सो संख्यामा विद्यार्थी उत्तीर्ण भएका हुन् ।

यस्तै मधेस प्रदेशबाट ७६ हजार ८४७ जना परीक्षार्थी उत्तीर्ण हुँदा बागमती प्रदेशबाट सबैभन्दा धेरै १ लाख ७ हजार ४२५ जना उत्तीर्ण भएका छन् । बागमतीको उत्तीर्ण प्रतिशत २१.६७ रहेको छ। यसैगरी गण्डकी प्रदेशबाट ४६ हजार १२९, लुम्बिनी प्रदेशबाट ४६ हजार ४८७, कर्णालीबाट ३७ हजार ३६२ र सुदूरपश्चिम प्रदेशबाट ५७ हजार १० जना उत्तीर्ण भएका छन् । सबै प्रदेशबाट ४ लाख ९५ हजार ७५१ जना उत्तीर्ण भएकोको नतिजा निकालिएको छ ।

कसरी हेर्ने नतिजा ?
एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरिएको छ । नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी परीक्षा नियन्त्रक कार्यालयले दिएको छ ।

नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालिमा सर्टकोड हालेर नतिजा हेर्ने सकिनेछ । त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, स्प्यारो पे प्रालि, निमा एडुकेशन फाउण्डेशन, कान्तिपुर पब्लिकेशन, द कनेक्ट प्लस प्रालि, इडियु सञ्जाल र रिडर्स पोइन्ट प्रालिले पनि नतिजा सार्वजनिक गर्ने बताइएको छ । कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार