होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • हिन्दी फिल्मको अर्को असफलता : ‘शमशेरा’ फ्लप हुँदा बलिउडमा शून्यता
मनोरञ्जन

हिन्दी फिल्मको अर्को असफलता : ‘शमशेरा’ फ्लप हुँदा बलिउडमा शून्यता

  • नागरिक रैबार
हिन्दी फिल्मको अर्को असफलता : ‘शमशेरा’ फ्लप हुँदा बलिउडमा शून्यता

काठमाडौं । डेढ सय करोड भारुमा निर्माण भएको फिल्म ‘शमशेरा’ले १० करोड भारु मात्र ओपनिङ गर्न सक्यो । बक्स अफिस विश्लेषकले कम्तीमा २० करोड भारुभन्दा बढीको ओपनिङ गर्ने अनुमान गरेका थिए ।

अब यसको लाइफटाइम कलेक्सन ६५ देखि ७० करोड भारुसम्म हुने प्रक्षेपण छ । अनपेक्षित नतिजा आएपछि यतिबेला बलिउडमा पुनः शून्यता छाएको छ । फिल्ममा रणवीर कपुर, वाणी कपुर र सञ्जय दत्तजस्ता ठूला स्टार हुँदा पनि बक्स अफिस चम्कन सकेन ।

‘शमशेरा’को यो असफलता एक्लो असफलता चाहिं होइन । असफलताको सूची केही महिनादेखि लेखिंदै आएको र यो सूचीमा अट्याक : पार्ट वान, हिरोपन्ती २, रनवे ३४, जर्सी, जयशभाइ जोरदार, धाकड, सम्राट पृथ्वीराज, अनेक र जुगजुग जिओसम्म छन् ।

विज्ञापन

कार्तिक आर्यनको ‘भुलभुलैया २’ले मात्र १०० करोडभन्दा बढीको व्यावसायिक सफलता हासिल गर्न सक्यो । चार हजार पर्दाबाट रिलिज भएको ‘शमशेरा’ले गतिलै ओपनिङ गर्ने अनुमान थियो । ‘समय गुज्रिएको कथावस्तुको कारण फिल्म असफल भएको बताइँदैछ,’ १६० पर्दा भएको मिराज सिनेमाजका निर्देशक अमित शर्माले भने, ‘कन्टेन्टमाथि हाम्रो नियन्त्रण हुँदैन । हामी यस्तो परिस्थितिमा छौं, जहाँ कन्टेन्ट निर्माताले काम गर्न सकिरहेका छैनन् ।’

बलिउड फिल्म समीक्षक तरण आदर्श फिल्ममा रणवीर कपुर र निर्देशक करण मल्होत्रा संलग्न हुनु अर्थ नरहेको बताउँछन् । ‘शमशेरासँग ठूलो प्रोडक्सन भ्यालु र ठूला सेट छन् । मुख्य कुरा फिल्ममा आत्माबिनाको मुटु छ,’ उनी भन्छन्, ‘हाम्रो लागि चिन्ताको कुरा भनेको बलिउडले यतिबेला पाँच फिल्म फ्लप गराएर एउटा हिट फिल्म मात्र दिइरहेको छ ।’

यति मात्र बलिउडमा खतराको घण्टी बजिरहेको उनको भनाइ छ । जयशभाइ जोरदार र सम्राट पृथ्वीराजपछि यशराज ब्यानरको लागि यो तेस्रो लगातारको असफलता हो । ‘यो असफलताले यशराजको प्रतिष्ठामा आँच ल्याएकोमा कुनै शंका छैन,’ अर्का व्यापार विश्लेषक कोमल नाहटा भन्छन् ।

१५० करोड भारुको फिल्म ‘शमशेरा’मा रणवीरको पारिश्रमिक मात्र १५ करोड भारु थियो । शमशेरा मात्र होइन, यो साता रिलिज भएका दुई हिन्दी फिल्म स्याबास मिठू र हिट : द फस्ट केस पनि असफल भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार