होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपालसँग जोडिएर अन्तर्राष्ट्रिय मिडियामा किन भाइरल छिन् सेलेना गोमेज ?
समाचार

नेपालसँग जोडिएर अन्तर्राष्ट्रिय मिडियामा किन भाइरल छिन् सेलेना गोमेज ?

  • नागरिक रैबार
नेपालसँग जोडिएर अन्तर्राष्ट्रिय मिडियामा किन भाइरल छिन् सेलेना गोमेज ?

काठमाडौं । आठ वर्षअघि नेपाल आउँदा सेलेना गोमेज अन्तर्राष्ट्रिय मिडियामा छाएकी थिइन् । नेपालमा खिचिएका उनका तस्वीरहरु प्रशंसकमाझ निकै चर्चित रहे । यतिबेला पनि नेपालसँग जोडिएर सेलेना पुनः भाइरल भएकी छन् । यसपटक उनको यस्तो चर्चा नेपाल घुमघामबाट भने भएको होइन । नेपालको स्कुलको पुस्तकमा उनको सांगीतिक करिअर पनि समावेश भएपछि यो प्रसंग भाइरल भएको हो ।

उनका विश्वभरका फ्यानले नेपाली विद्यालयको पाठ्यपुस्तकमा आफ्नी प्रिय गायिकाबारे छापिएको पुस्तकको खबरलाई भाइरल बनाएका छन् । भारतीय अनलाइन पोर्टलहरुले पनि यसलाई लेखेका छन् । कक्षा ४ को पुस्तकमा सेलेनको गीत ‘हु सेज’लाई युट्युबमा सुनेर अंग्रेजी भाषा सुधार्न सकिने सन्दर्भमा लेखिएको छ । पुस्तकमा उक्त गीतको लिरिक्स समेत समावेश गरिएको छ । यो फोटोसहितको तस्वीर ट्वीटरमा भाइरल बनेको हो ।

उक्त न्युजबारे फ्यानबीच अन्तरक्रिया पनि भएको देखिन्छ । विभिन्न मुलुकका सञ्चारमाध्यमले नेपाली स्कुलको पुस्तकमा सेलेनाबारे भएको चर्चालाई लिएर समाचार बनाइरहेका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार