होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • बलिउड/हलिउड
  • ‘पुष्पाः द राइज’का पाँच गल्ती
बलिउड/हलिउड

‘पुष्पाः द राइज’का पाँच गल्ती

  • नागरिक रैबार
‘पुष्पाः द राइज’का पाँच गल्ती

मुम्बई(अमर उजाला)– साउथ स्टार अल्लु अर्जुनको फिल्म ‘पुष्पाः द राइज’ले बक्सअफिसमा अहिले पनि राम्रो व्यापार गरिरहेको छ । कोरोना महामारीका कारण भारतका कैयौं राज्यमा थिएटर बन्द गरिए पनि केही राज्यमा ५० प्रतिशत क्षमताका साथ खोल्न अनुमति दिइएको छ । यसको बाबजुद पनि फिल्मको बक्सअफिस कलेक्सन उत्कृष्ट छ ।

फिल्ममा अल्लु अर्जुनको संवाद बोल्ने शैली र द्वन्द्व दृश्यलाई दर्शकले निकै मनपराएका छन् । सबै कुरा राम्रा हुँदा हुँदै पनि यो फिल्मका पाँच गल्तीमा कसैले ध्यान दिएको छैन ।

पहिलो गल्ती, फिल्ममा पुष्पाका साथी केशव शुरुमा भेनको ढोका खोल्न जान्दैनन् । अर्को दृश्यमा उनै साथीलाई नयाँ मारुती कार चलाउँदै गरेको देखाइन्छ । जो मानिसलाई ढोका नै खोल्न आउँदैन, त्यो मानिस कसरी भेन चलाउन पुग्छ भन्ने गल्ती निर्देशक सुकुमारले देखाएका छन् ।

विज्ञापन

दोस्रो गल्ती, फिल्मको त्यो दृश्यलाई सम्झनुहोस्, जहाँ पुष्पाले प्रहरीबाट बच्नका लागि ट्रक उडाएर एक खाल्डोमा झार्छन् । पुष्पा जुन खाल्डोमा ट्रक झार्छन्, त्यो खाल्डो सडकको किनारामै हुन्छ । त्यसो भए के पुलिसले सडक किनारमा भएको यति ठूलो खाल्डो देखेन ? प्रहरीले खाल्डो नदेखेपनि कच्ची सडकमा ट्रकको टायरको निशाना त प्रहरीले देख्न सक्थ्यो नि । तर पुष्पालाई पक्रने प्रहरीको दिमाग सानो भएकाले पनि यी सारा कुरा खोज्न उसले मेहनत गरेन ।

तेस्रो गल्ती, जब पुष्पा श्रीनूको साला मोगलिसलाई पानीमा मार्छ, त्यहाँ उसले पानीमा मोटरसाइकल पनि घुमाउँछ । जबकी नदीमा ठूला–ठूला चट्टान हुन्छन्, अब सोच्नुहोस् कि चट्टानको बीच पानीमा बाइकलाई घुमाउने विज्ञानको कुन नियमले सही भन्छ ?

चौथो गल्ती, फिल्ममा सबैभन्दा ठूलो गल्ती त्यो दृश्यमा छ, जहाँ पुष्पा रक्तचन्दनको लकडीलाई पानीमा फ्याक्छन् । यसैमा पुरा कथा आधारित छ । अन्तर्राष्ट्रिय बजारमा रक्तचन्दनको मूल्य करोडौं छ । भारतको रक्त चन्दनको सर्वाधिक माग गर्ने चीन हो । रक्तचन्दनको यस्तो काठ हो, जसको सानो भन्दा सानो भाग पनि पानीमा डुब्छ । तर फिल्ममा भने काठ पानीमा तैरिएको देखाइएको छ ।

पाँचौं गल्ती, फिल्मको एक दृश्यमा पुष्पा ट्रकको बोनटमा बसेर घुमिरहेको देख्न सकिन्छ । दृश्यमा ट्रक घुमिरहेको छ, तर ट्रकको भित्र कुनै चालक हुँदैनन् । यस्तो अवस्थामा ट्रक कसरी घुम्छ ?

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार