होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ ५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • रश्मिका मन्दना र विजय देवेराकोन्डा बिहे गर्दै!
समाचार

रश्मिका मन्दना र विजय देवेराकोन्डा बिहे गर्दै!

  • नागरिक रैबार
रश्मिका मन्दना र विजय देवेराकोन्डा बिहे गर्दै!

दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दना फिल्म ‘पुष्पाः द राइज’ पछि निकै चर्चामा आइन्। टलिउडमा जमेकी उनको चर्चा पुष्पाले पूरा भारतभर फैलायो।

यो फिल्मको सफलतासँगै रश्मिकाले आफ्नो पारिश्रमिक पनि बढाएको भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन्। बलिउड लाइफका अनुसार उनी अहिले टलिउडकी महँगी अभिनेत्रीमध्ये एक हुन्।

उनले पहिले एक फिल्मबापत् दुई करोड भारू लिन्थिन्। पुष्पादेखि भने उनले आफ्नो पारिश्रमिक तीन करोड भारू पुर्‍याएकी छन्। बढी पारिश्रमिक लिनेमा उनले अभिनेत्री सामन्था रूथलाई उछिनेकी हुन्।

विज्ञापन

रश्मिकाको चर्चा अहिले उनको फिल्म र करिअरले मात्र भइरहेको भने छैन। उनको प्रेम जीवनबारे पनि सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमहरूमा थुप्रै खबर आइरहेका छन्।

खबरअनुसार रश्मिका अहिले ‘अर्जुन रेड्डी’ का अभिनेता विजय देवेराकोन्डासँगको प्रेम सम्बन्धमा छिन्। उनीहरू धेरैपटक सँगै देखिएका छन् र उनीहरू सम्बन्धमा रहेको कुरा उनीहरूनिकट व्यक्तिहरूले दावी पनि गरिरहेका छन्।

रश्मिका र विजयका प्रशंसकहरूका लागि योभन्दा अझै रोचक कुरा भनेको चाहिँ उनीहरूको बिहेको खबर हो। निकट स्रोतका अनुसार उनीहरू यही वर्ष बिहे गर्ने तयारीमा रहेको बलिउड लाइफले जनाएको छ।

हालसम्म विजय र रश्मिका कसैले पनि आफूहरूको सम्बन्धबारे बोलेका छैनन्। तर हालै इन्डिया टुडेलाई दिएको अन्तर्वार्तामा रश्मिकाले बिहेबारे आफ्नो धारणा व्यक्त गरेकी थिइन्।

त्यसमा भने उनले बिहेका लागि अझै आफ्नो उमेर नपुगेको बताएकी थिइन्।

‘खै, बिहेका बारेमा के भन्ने हो भन्ने मलाई थाहा छैन। म यसका लागि अझै सानै छु। यसबारे मैले केही सोचेकी छैन,’ २५ वर्षीया रश्मिकाले भनेकी थिइन्, ‘तर मलाई लाग्छ, बिहे त्यस्तो मान्छेसँग गर्नुपर्छ जसले आफूलाई सहज बनाउँछ।’

यसअघि विजयले पनि बिहेबारे आफ्नो विचार व्यक्त गरेका थिए। उनले बिहे अगाडि आफू परिपक्व हुन आवश्यक रहेको बताएका थिए।

‘जब समय आउँछ तब म बिहे गर्छु नै। तर त्यसअघि म मानसिक रूपमा परिपक्व हुन जरूरी छ,’ ३२ वर्षीय विजयले भनेका थिए।

रश्मिका र विजय दुई सुपरहिट फिल्ममा सँगै काम गरिसकेका छन्। ‘गीता गोविन्दम’ र ‘डियर कमरेड’ फिल्ममा उनीहरूको जोडी खुब रूचाइएको थियो।

हाल विजय देवेरेकोन्डा नयाँ फिल्म ‘लाइगर’ को सुटिङमा व्यस्त छन्। सुटिङका निम्ति उनी मुम्बईमा छन्।

यस्तै रश्मिका पनि केही समयअघि मात्र मुम्बईमा फ्ल्याट किनेर सरेकी छन्। उनीहरूले मुम्बईमा धेरै समय बिताइरहेका बताइएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार