होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • ‘केजीएफ-२’लाई उछिन्दै ‘कबड्डी ४’ बन्यो क्यूएफएक्समा धेरै कमाउने फिल्म
मनोरञ्जन

‘केजीएफ-२’लाई उछिन्दै ‘कबड्डी ४’ बन्यो क्यूएफएक्समा धेरै कमाउने फिल्म

  • नागरिक रैबार
‘केजीएफ-२’लाई उछिन्दै ‘कबड्डी ४’ बन्यो क्यूएफएक्समा धेरै कमाउने फिल्म

काठमाडौं । नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा ‘कबड्डी ४’ले सर्वाधिक कमाइ गर्ने फिल्मको कीर्तिमान रचेको छ । मंगलबारसम्मको कमाइ हेर्दा दयाहाङ राई स्टारर फिल्मले भारतीय फिल्म ‘केजीएफ : च्याप्टर २’को कमाइलाई पनि उछिनेको छ ।

मंगलबारसम्म क्यूएफएक्सका २६ वटा पर्दाबाट ‘कबड्डी ४’ ले ७ करोड ९ लाख रुपैयाँ ग्रस कमाएको छ । ‘केजीएफ : च्याप्टर २’को लाइफटाइम कलेक्सन ७ करोड १ लाख ग्रस छ ।

सोही अवधिमा ‘कबड्डी ४’लाई २ लाख २४ हजार जना दर्शकले हेरेका छन् भने ‘केजीएफ-२’लाई २ लाख १८ हजार जनाले हेरेका छन् । नेपाली फिल्म बजारको कुल कलेक्सनमा क्यूएफएक्सको हिस्सा झण्डै ६० प्रतिशत मानिन्छ ।

विज्ञापन

तर देशव्यापी कमाइको हिसाबमा चाहिं ५१ दिनसम्म ‘कबड्डी ४’ को कुल कलेक्सन २२ करोड ८३ लाख रुपैयाँ छ । ‘बाहुबली २’ ले २३ करोड कमाइ गरेको हिसाब छ ।

‘कबड्डी ४’ अहिले पनि नेपाली हलमा प्रदर्शनरत छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार