होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अंग्रेजी सिरिज गर्दै सौगात मल्ल !
समाचार

अंग्रेजी सिरिज गर्दै सौगात मल्ल !

  • नागरिक रैबार
अंग्रेजी सिरिज गर्दै सौगात मल्ल !

काठमाडौँ – अभिनेता सौगात मल्लले नयाँ फिल्मको अफर लिएर जाने निर्मातालाई फागुनसम्म व्यस्त रहेको जवाफ पठाउन थालेका छन् । अर्थात् लगभग १ वर्ष सौगात मल्लले नयाँ फिल्मका लागि उपलब्ध हुने छैनन् । तर उनको यो व्यस्तता नेपाली फिल्मका लागि भने होइन् वा भनुँ नेपाली फिल्मलाई समय दिएका कारण सौगातले नभ्याउने भएका हैनन् । एउटा अंग्रेजी सिरिजलाई सौगातसँग लामो समय मागेका कारण उनले नयाँ निर्मातालाई फागनुपछि मात्र सम्पर्क गर्न आग्रह गर्न थालेका हुन् ।

अभिनेता सौगात मल्लले अंग्रेजी सिरिजमा कुरा भइरहेका बताए पनि टुंगो नै चाहिँ भइनसकेको इकागजलाई जानकारी गराए । ‘दुई तीन चरणमा अडिसन चलिरहेको छ । पक्का नै भन्ने होइन । कथंकदाचित भइहाल्यो भने धोका दिए जस्तो नहोस् भनेर यस्तो पनि हुँदैछ है भनेर जानकारी गराएको हुँ । भयो भने चाहिँ उनीहरूले लामै समय मागेका छन्,’ सौगातले भने ।

यो सिरिजका लागि नेपालको कास्टिङ एजेन्सीले दयाहाङ राईलाई प्रक्रियामा सामेल गराउन खोजेको थियो । तर दयाले भने आफूसँग पहिले नै प्रतिवद्धता जनाएका थुप्रै फिल्म बाँकी रहेकाले अडिसनतिर लाग्न नभ्याउने जवाफ दिएका थिए ।

विज्ञापन

सौगातले अंग्रेजी सिरिजको बारेमा आफूलाई पनि पूर्ण जानकारी नभएकाले यो विषयमा थप कुरा गर्न चाहेनन् । उनले भने, ‘टुंगै नभएको कुराको बारेमा म के बोलुँ । भएपछि भनिहाल्छु नी ।’

सौगातले केही दिनअघि अंग्रजी भाषामा बन्ने नेपाली फिल्ममा पनि खेल्ने चर्चा थियो तर पारिश्रमिकमा कुरा नमिलेपछि सौगातले त्यो फिल्म छाडेका छन् । उनले यो फिल्म नगरेपछि ‘दुई नम्बरी’ साइन गरेका थिए । यो फिल्मको पोखरामा धमाधम सुटिङ भइरहेको छ । सौगातले आजभोलि नै यो फिल्मको सेट ज्वाइन गर्दैछन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार