होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • बलिउड/हलिउड
  • ‘बच्चन पाण्डे’को ट्रेलर : एक्सन र कमेडीको मिश्रण
बलिउड/हलिउड

‘बच्चन पाण्डे’को ट्रेलर : एक्सन र कमेडीको मिश्रण

  • नागरिक रैबार
‘बच्चन पाण्डे’को ट्रेलर : एक्सन र कमेडीको मिश्रण

काठमाडौं । अभिनेता अक्षय कुमार र अभिनेत्री कृति सेननको मुख्य भूमिका रहेको चलचित्र ‘बच्चन पाण्डे’को ट्रेलर रिलिज भएको छ । यो चलचित्र १८ मेबाट विश्व बजारमा प्रदर्शन हुनेछ ।

चलचित्रमा अक्षय ‘बच्चन पाण्डे’को भूमिकामा देखिएका छन् । कृति उनको जीवनीमा आधारित चलचित्र बनाउन चाहन्छिन् । चलचित्रमा अर्शद वारसी र ज्याकलिन फर्नान्डेजको पनि मुख्य भूमिका छ । फरहाद साम्जीको निर्देशनमा बनेको यो चलचित्रलाई नाडियाडवाला ग्रान्डसन इन्टरटेन्मेन्ट प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो ।

चलचित्रमा अक्षयलाई एक्सन र कमेडी अवतारमा देखाइएको छ । एउटा आँखा पत्थरको भएको बच्चन पाण्डेको भूमिकामा अक्षयलाई धमकेदार रुपमा निर्देशकले देखाएका छन् । चलचित्रले बक्स अफिसमा बम्पर कमाइ गर्ने अपेक्षा गरिएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार