होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमालेलाई भीम रावलको प्रश्न- सूर्य बिक्री हुने व्यवसायिक चिन्ह हो ?
समाचार

एमालेलाई भीम रावलको प्रश्न- सूर्य बिक्री हुने व्यवसायिक चिन्ह हो ?

  • नागरिक रैबार
एमालेलाई भीम रावलको प्रश्न- सूर्य बिक्री हुने व्यवसायिक चिन्ह हो ?

काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले सूर्य चिन्हबाट अरु दलका नेताहरुलाई पनि उठ्न सक्ने सहमति गरेपछि आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमार्फत् उनले सूर्य बिक्री हुने व्यवसायिक चिन्ह हो? भन्दै प्रश्न उठाएका छन्।

रावलले सामाजिक सञ्जालमा लेखेका छन्,‘विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्ने तर एमाले हुनु नपर्ने रे ! के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो र ? यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र? दलीय प्रणाली र कम्युनिष्ट पार्टीको फजितीमात्र !।’

नेकपा एमालेले बुधबार राप्रपा नेपाल र नेपाल परिवार दलसँग चुनावी तालमेलको सहमति गर्दै सूर्य चिन्हमा उम्मेदवार उठाउन सहमति गरेको थियो।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार