होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • वसन्तपुरमा बनाइएका कंक्रिटका संरचना भत्काउनुपर्छ : उमपेयर खड्गी
समाचार

वसन्तपुरमा बनाइएका कंक्रिटका संरचना भत्काउनुपर्छ : उमपेयर खड्गी

  • नागरिक रैबार
वसन्तपुरमा बनाइएका कंक्रिटका संरचना भत्काउनुपर्छ : उमपेयर खड्गी

काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले वसन्तपुरमा बनाइएका कंक्रिटका संरचना भत्काउनुपर्ने बताएकी छन् ।

वसन्तपुर डबलीमा बनाइएका संरचनाको आज अवलोकन गर्दै उपमेयर खड्गीले विश्व सम्पदा सूचीमा सूचिकृत क्षेत्रमा कंक्रिटको संरचना बनाउनु गलत भएको बताइन् ।

मेयर विद्यासुन्दर शाक्यले मनपरी गरेको भन्दै उपमेयर खड्गीले कंक्रिटका संरचना भत्काउनुपर्ने बताइन् । उनले भनिन्, ‘यो गर्नै हुँदैन । किनभने विश्व सम्पदा सूचीभित्र परेको क्षेत्रमा मनपरी गर्न मिल्दैन, यो हेलचेक्राइँ हो । सम्पदा क्षेत्रमा यसरी कंक्रिटको संरचना बनाउन हुन्छ हुँदैन भनेर विवेक पुर्याउनु पर्ने हो ।’

विज्ञापन

यसबारे मेयर शाक्यसँग सल्लाह गर्ने उनले बताइन् । महानगरको भौतिक पूर्वाधार विभागले डबलीमा क्षति पुग्ने गरी कंक्रिट प्रयोग गरेर आठ वटा झण्डा राख्ने आधारहरु निर्माण गरेको छ । महानगर क्षेत्रभित्र ७० लाख रुपैयाँ खर्च गरेर १२ वटा झण्डा राख्ने निर्णय भए अनुसार वसन्तपुरमा आठ वटा झण्डा राख्ने संरचना बनाइएको हो ।

यसबारे बोर्ड बैठकमा पनि सल्लाह नभएको उपमेयर खड्गीले बताइन् । आफूले प्रवक्तासँग पनि यसबारे सोधेको तर उनले पनि आफूलाई थाहा छैन भनेको खड्गीले बताइन् ।

वसन्तपुरमा नयाँ संरचना बनाएको प्रति पुरातत्व विभागले पनि चासो राखेको छ । विभागले काठमाडौं महानगरपालिकालाई पत्र लेखेर सो संरचनाको निर्माण रोक्न आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार