होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • बलिउड/हलिउड
  • शाहरुखको ‘जवान’ का लागि विजय सेतुपतिले लिएनन् शुल्क
बलिउड/हलिउड

शाहरुखको ‘जवान’ का लागि विजय सेतुपतिले लिएनन् शुल्क

  • नागरिक रैबार
शाहरुखको ‘जवान’ का लागि विजय सेतुपतिले लिएनन् शुल्क

बलिउडका ‘किङ’ खान शाहरुख ४ वर्षपछि अभिनयमा फर्किँदैछन् । अभिनय कमब्याकको यो समय उनका हातका ‘पठान’, ‘जवान’ लगायत केही प्रोजेक्ट छन् । उनी पछिल्लो समय भने ‘जवान’ मा ब्यस्त छन् । ‘जवान’ को विषयमा हरेक दिन केही न केही नयाँ खबर बाहिर आउने गरेको छ । केही दिन पहिले ‘जवान’ मा साउथ सुपरस्टार विजय सेतुपति भित्रिएको खबर आएको थियो । सेतुपति कलाकार राणा दग्गुबातीको ठाउँमा भित्रिएका हुन् ।

अहिले भने विजय सेतुपतिले ‘जवान’ बिना पारिश्रमिक अभिनय गर्न लागेको समाचार बाहिर आएको छ । रिपोर्टका अनुसार शाहरुखसँगको सम्बन्धका कारण फिल्म फ्रिमा गर्न लागेका हुन् । फिल्ममा विजयको छोटो भूमिका रहनेछ ।
साउथकी लेडी सुपरस्टार नयनताराको पनि मुख्य भूमिका रहने फिल्मका निर्देशक एटली हुन् । उनी तमिल फिल्मका निर्देशक पनि हुन् । फिल्ममा शाहरुखका साथ दीपिका पादुकोण, सान्या मल्होत्रा, सुनील ग्रोवर लगायतको मुख्य भूमिका रहनेछ । रेड चिली प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको ‘जवान’ का निर्माता गौरी खान हुन् । फिल्मको रिलिज २ जुन २०२३ बताइएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार