होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एम्बाप्पे विश्वकै ‘मूल्यवान फुटबलर’
समाचार

एम्बाप्पे विश्वकै ‘मूल्यवान फुटबलर’

  • नागरिक रैबार
एम्बाप्पे विश्वकै ‘मूल्यवान फुटबलर’

काठमाडौं । पेरिस सेन्ट जर्मेइन (पीएसजी)का फ्रान्सेली सुपरस्टार केलियन एम्बाप्पे विश्वकै मूल्यवान फुटबल खेलाडी भएको एउटा अनुसन्धान संस्थाले दावी गरेको छ ।

सीआईईएस फुटबल अब्जरभेटरीले गरेको अनुसन्धानअनुसार २३ वर्षीय एम्बाप्पे शीर्ष स्थानमा रहँदा भिनिसियस जुनियर र अर्लिङ हलाण्ड क्रमसः दोस्रो र तेस्रो स्थानमा छन् ।

हालै रियल मड्रिडको प्रस्ताव अस्वीकार गरी पीएसजीमै रहने निर्णय गरेका एम्बाप्पेको अनुमानित ट्रान्सफर मूल्य २०५.६ मिलियन युरो (१७५.७ मिलियन पाउण्ड) छ ।

विज्ञापन

च्याम्पियन्स लिग फाइनलमा लिभरपुलविरुद्ध गोल गर्ने रियल मड्रिडका ब्राजिलियन स्ट्राइकर भिनिसियसको ट्रान्सफर मूल्य १५८.३ मिलियन पाउण्ड छ । हालै म्यानचेस्टर सिटीमा अनुबन्ध भएका हलाण्डको मूल्य १३०.४ मिलियन पाउण्ड छ ।

बार्सिलोनाका स्पेनिस मिडफिल्डर पेड्री चौथो स्थानमा छन् । उनको ट्रान्सफल मूल्य ११५.४ मिलियन पाउण्ड छ । बोरुशिया डर्टमण्डका इंग्लिस मिडफिल्डर जुड बेलिङघम ११४.१ मिलियन पाउण्ड मूल्यसहित सूचीको चौथो स्थानमा छन् । पाँचौं स्थानमा रहेका म्यानचेस्टर सिटीका मिडफिल्डर फिल फोडेनको अनुमानित मूल्य १०५.९ मिलियन पाउण्ड छ ।

अनुसन्धानमा समावेश शीर्ष १०० खेलाडीमध्ये ४१ जना प्रिमियर लिग खेलिरहेका छन् ।सीआईईएसले खेलाडीको उमेर, प्रदर्शन, आर्थिक मूल्य र मुद्रास्फितीसहितलाई ध्यानमा राखेर अनुमानित मूल्य निकालेको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै