होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • यस्ता छन् मन्त्रिपरिषद्को बैठकले गरेका २२ निर्णय
समाचार

यस्ता छन् मन्त्रिपरिषद्को बैठकले गरेका २२ निर्णय

  • नागरिक रैबार
यस्ता छन् मन्त्रिपरिषद्को बैठकले गरेका २२ निर्णय

काठमाडौं, २४ जेठ । सरकारले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको रिक्त कार्यकारी निर्देशक पदमा शरद विक्रम राणालाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । निर्णयहरु पत्रकार सम्मेलन गरी गृहमन्त्री बालकृष्ण खाणले आज सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषद्को बैठकले तेजाब तथा अन्य घाटक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संघीय संसदसमक्ष पेश गर्न स्वीकृति समेत प्रदान गरेको छ । ‘सशस्त्र प्रहरी नायव महानिरीक्षक चन्द्र प्रकाश गौतमलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्ति गर्ने निर्णय भएको छ,’ गृहमन्त्री खाणले भने ।

मन्त्रीपरिषद्को बैठकले प्रहरी नायब महानिरीक्षकहरु उत्तमराज सुवेदी, अरुण कुमार बिसी, दिवेश लोहनी, मुकुन्द राज आचार्य र पुजा सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्ति गर्ने निर्णय समेत गरेको छ ।

विज्ञापन

गरिबी निवारण कोष सञ्चालक समितिको उपाध्यक्षको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । बैठकले नेपाल वायुसेवा निगमका महाप्रबन्धक तथा सञ्चालक सदस्य डिमप्रसाद पौडेललाई पदबाट हटाउने निर्णय गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार