होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जन्ती बोकेको जीप दुर्घटनामा मृतकको संख्या पाँच जना पुग्यो
समाचार

जन्ती बोकेको जीप दुर्घटनामा मृतकको संख्या पाँच जना पुग्यो

  • नागरिक रैबार
जन्ती बोकेको जीप दुर्घटनामा मृतकको संख्या पाँच जना पुग्यो

रौतहटमा जन्ती बोकेको जीप (स्कोर्पियो) दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर ०५पीए ६९५३ नम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुनील मल्लले जानकारी दिए ।

‘मंगलबार ४ः१० बजे जन्ती बोकेको जीप अनियन्त्रित भएर दुर्घटना भयो,’ प्रवक्ता मल्लले भने, ‘पाँच जनाको मृत्यु भएको छ ।’उक्त जीपमा सात जना सवार रहेका थिए । बाँकी दुई जना घाइते रहेका उनले बताए । ‘दुई जना घाइतेमध्ये एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइतेलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ,’ प्रवक्ता मल्लले बताए ।

उनका अनुसार गरुडा नगरपालिकाको जयनगरमा अनियन्त्रित हुँदा जीप दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । मृतक र घाइतेको परिचय खुलिनसकेको उनले बताए ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार