होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • महानायक हमालको आवाजमा ‘मन बुढो भएन’ गीत रेकर्ड
मनोरञ्जन

महानायक हमालको आवाजमा ‘मन बुढो भएन’ गीत रेकर्ड

  • नागरिक रैबार
महानायक हमालको आवाजमा ‘मन बुढो भएन’ गीत रेकर्ड

काठमाडौं, १२ कात्तिक । नेपाली फिल्म बेग्लै पहिचान बनाउन सफल महानायक राजेश हमाल अब गायक पनि भएका छन् । महानायक हमालले आफ्नो आवाजमा पहिलो पटक अनामनगरस्थित वेभ स्टुडियोमा ‘मन बुढो भएन’ बोलको रोमाण्टिक थिममा रहेको गीत रेकर्ड गराएका हुन् ।

उक्त गीतमा संगितकार दीपक शर्माको शब्द तथा संगित र नरेन्द्र वियोगीको एरेन्ज रहेको गीतमा हमालसहित एलिना चौहान, सुवास पुरी र बेनिशा पौडेलको आवाज रहेको छ । हमालकै इच्छामा उनलाई सुहाँउदो गीत दीपक शर्माले तयार पारेका थिए ।

महानायक हमाललाई संगितकार शर्माले २ पटक सम्म अभ्यास गराएर स्टुडियोमा रेकर्ड गराएका हुन् । सोही गीतको म्युजिक भिडियो निर्माणमा जुटेको निर्माण पक्षले जनाएको छ । उक्त भिडियो तिहारभन्दा अगाडी नै सार्वजनिक हुने बुझिएको छ । राजेश हमाल हाल फिल्म सत्यम्को लागि वर्कसपका लागि धम्पुुसमा छन् ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार