होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • बलिउड/हलिउड
  • आजबाट दिल्लीमा हल खुल्यो, रिलिज होला त अक्षयको ‘बेलबटम’ ?
बलिउड/हलिउड

आजबाट दिल्लीमा हल खुल्यो, रिलिज होला त अक्षयको ‘बेलबटम’ ?

  • नागरिक रैबार
आजबाट दिल्लीमा हल खुल्यो, रिलिज होला त अक्षयको ‘बेलबटम’ ?

भारतमा दोश्रो चरणको कोरोना महामारीका कारण बलिउड नराम्रोसँग प्रभावित बन्यो । पहिलो चरणको कोरोनाबाट विस्तारै बाहिर निस्कदै गर्दा दोश्रो लहरले झनै आक्रान्त पारेपछि बलिउड नगरी पनि अस्तव्यस्त बनेको थियो । चलचित्रको छायांकनदेखि रिलिजका सम्पूर्ण काम रोकिएपछि कलाकारहरु कामविहिन बनेका थिए । कैयौं प्राविधिकहरुलाई समस्या उत्पन्न भयो ।

तर, भारतमा कोरोना महामारीको दोश्रो लहर कम हुँदै गएपछि भने आजबाट दिल्लीमा हल खुलेका छन् । दिल्ली सरकारले ५० प्रतिशत अकुपेन्सीमा हल संचालनको अनुमती दिएको हो । यसले, प्रदर्शकहरुलाई केही हदसम्म भएपनि राहत दिएको छ । दिल्लीमा कोरोनाको केस कम भएपछि विस्तारै हरेक क्षेत्रहरु पुरानै लयमा फर्किएका छन् ।

 

विज्ञापन

यसैविच, बलिउड चलचित्रका वितरकहरु महाराष्ट्रमा हल खुल्ने दिनको प्रतिक्षामा छन् । महाराष्ट्र सरकारले अहिलेसम्म हल खोल्न दिने बिषयमा निर्णय गरेको छैन । बलिउड चलचित्रले सबैभन्दा बढी व्यापार नै महाराष्ट्रबाट गर्छन् ।

बलिउडका वितरकहरु महाराष्ट्रमा पनि हल संचालन गर्न दिने निर्णय भएको खण्डमा अगष्ट १५ बाट नायक अक्षय कुमारको ‘बेलबटम’ रिलिज हुने आशा व्यक्त गर्छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार