मङ्लबार, बैशाख ७, २०७८
जोडिनुहोस
  • होमपेज
  • विचार/ब्लग
  • प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको कालो बादल विस्तारै हट्दैछ: महासचिव राई
विचार/ब्लग

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको कालो बादल विस्तारै हट्दैछ: महासचिव राई

  • नागरिक रैबार
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको कालो बादल विस्तारै हट्दैछ: महासचिव राई

जतिबेला तात्कालीन प्रेस चौतारी नेपाल र प्रेस सेन्टर एकीकृत भएर प्रेस संगठन नेपाल बन्यो । हामी सबै अल्लाहित थियौं, उत्साहित थियौं । उर्जा, उत्साह र खुशीको बिषय थियो  जनताबाट अभुतपूर्व समर्थन पाएका हाम्रा नेताहरुले भनेका थिए, ‘अब राजनीतिक क्रान्ति सकियो । अबको हाम्रो बाटो समृद्धिको बाटो हो, उत्पादनको बाटो हो ।’

अर्थात् राष्ट्रिय पूँजीको विकास गर्दै समाजवाद उन्मुख समाज निर्माणमा लाग्नेछौं । खासगरी क्रान्ति, संघर्ष वा आन्दोलनहरुको समयमा संगठन बलशाली हुन्छ । त्यतिका लामो समय संगठनको माध्यमबाट संघर्षमा थियौं । संगठन एक हुँदै गर्दा मलाई लागेको थियो, ‘अब बाटो मोड्नु पर्छ । संगठनमा यतिका धेरै साथीहरु हुनुहुन्छ । संगठन कम, बढी अध्ययन र लेखनतिर लाग्छु ।

मेरो क्षेत्रको उत्पादन कर्ममा बढी समय दिनुपर्छ ।’ अर्थात् आफ्नो धुनीखानीमा लाग्छु । तर समयको रथ सही बाटोमा हिंडेन । फेरि यस्तो अवस्था आइलाग्यो कि फेरि पनि एक पटक हाम्रो व्यवस्था र संबिधान रक्षाका निम्ति सडकमा ओर्लिनुपर्ने अवस्था आइलाग्यो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षाका निम्ति भौतिक रुपमै सडकमा उभिनु पर्ने अवस्था आइलाग्यो । यही अप्ठ्यारो अवस्थामा संगठनले प्रेस संगठन नेपालको महासचिवको जिम्मेवारीमा दियो । यति भन्छु, उच्च इमान र निष्ठाको साथ काम गर्नेछौ I

विज्ञापन

मलाई विभिन्न माध्यमबाट शुभकामना तथा बधाई दिनु हुने सबै प्रियजनप्रति एकमुष्ठ यहींबाट आभार प्रकट गर्दछु । धन्यवाद भन्छु । प्रेस संगठन हामी साँच्चीकै लेख्ने, पढ्ने र बोल्नेहरुको संगठन हो । अझै यसमा जोड हुनेछ । छिमेकी भारतमा ‘गोदी पत्रकारिता’ पत्रकारिताको चुनौती भए जस्तै नेपालमा ‘बा’ पत्रकारिता/ ‘क्या बात्! ’ वाह/ पत्रकारिता चुनौतीको रुपमा पैदा हुँदैछ । हामीसँग ‘बा’ वा ‘क्यावात् !’ होइन प्रश्नहरु हुनेछ । सबैभन्दा बढी त हामीसँग जोडिएकाहरुलाई प्रश्न गर्नेछौं । राम्रो कामको समर्थन आलोचना र प्रश्न निर्मम गर्छौ ।
साथीहरु,
सम्मानित सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापित गरेसँगै हाम्रो व्यवस्था र संबिधान एक हिसाबले पुनस्र्थापित भएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको कालो बादल विस्तारै हट्दैछ । जनतासँग हाम्रा नेताहरुले खाएको कसम र प्रतिबद्धता नभुल्ने हो भने पार्टी पनि एकताको सम्भावना बढेको छ ।

मेरो बुझाईमा यो प्रक्रियामा अरु धेरै नेताहरुलाई गाली गर्नुपर्ने अवस्था छैन । उहाँहरु केवल प्रधानमन्त्री केपी शर्मा ओलीको सनकको शिकार हुनु भएको हो । त्यो कित्तामा उभिनु उहाँहरुको रहर होइन बाध्यता थियो । तसर्थ प्रधानमन्त्री ओली बाहेक अरुलाई गाली नगरौं । अब रह्यो हाम्रो संगठन । सबै साथीहरु आउनुहोस् महेश्वर दाहाल संयोजक भएको प्रेस संगठन नै मुलधार हो ।

जहाँ शम्भु श्रेष्ठ, बालकृष्ण चापागाई, गगन विष्ट, गोविन्द आचार्य, किशोर श्रेष्ठलगायतका हामी अध्यक्ष तथा अग्रज यहिं हुनुहुन्छ । हामीले केन्द्रीय समितिका कोही पनि साथीहरुलाई कारबाही गरेका छैनौं । भोलि १५ फागुन २०७७ देखि शुरु हुने प्रदेश भेलामा सबै सबै साथीहरु सहभागी हुनुहोस् । फेरि एक पटक प्रेस संगठन नेपाललाई श्रमजीवि पत्रकारहरुको नेता र अगुवा संगठनका रुपमा स्थापित गरौं ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार