होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एकीकृत समाजवादीमा जान सक्छु, ओली रहुन्जेल एमालेमा जान्नँ : वामदेव गौतम
समाचार

एकीकृत समाजवादीमा जान सक्छु, ओली रहुन्जेल एमालेमा जान्नँ : वामदेव गौतम

  • नागरिक रैबार
एकीकृत समाजवादीमा जान सक्छु, ओली रहुन्जेल एमालेमा जान्नँ : वामदेव गौतम

काठमाडौँ । नेकपा एमाले परित्याग गरेर बसेका नेता वामदेव गौतमले एमाले अध्यक्ष केपी शर्मा ओली रहुन्जेल एमालेमा बताएका छन् । एमालेको १०औं राष्ट्रिय महामधिवेशनको अघिल्लो दिन नेता गौतमले बीबीसीलाई अन्तर्वार्ता दिँदै आफु ओली रहुन्जेल कुनै हालतमा एमालेमा नजाने बताएका हुन् ।

नेता गोतमले बरु आफुले नयाँ पार्टी खोल्न सक्ने संकेत समेत दिएका छन् । एकीकृत समाजवादीमा जनताको बहुदलीय जनवाद लागु गराउन आफू प्रयत्नरत रहेको बताउदै उनले बरु त्यसमा प्रवेश गर्ने सम्भावना रहेको बताएका छन् ।

नेता गौतमले त्यसलाई नयाँ पार्टी खोल्ने अथवा एकीकृत समाजवादीमा प्रवेश गर्न सम्भावना रहेको समेत बताएका छन् । बिबिसीले राजनीतिक जीवनमा यस्तो वियोगान्त भोग्नुपर्ला वा राजनीतिबाट बहिर्गगमनमा पर्नुहोला भन्ने प्रश्नमा उनले त्यस्तो नहुने बताएका छन् ।

विज्ञापन

‘एमालेमा केपी ओली रहँदासम्म म जादिँन, जनताको बहुदलीय जनवाद एकीकृत समाजवादीमा समावेश गराउन प्रयत्न गरिरहेको छु, पार्टीमा प्रवेश गर्न सक्छु।’ गाैतमले भने ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार