होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘एक रोटी पेटमा, दुई रोटी झोलामा’ बोकेर चितवन हिँडे कार्यकर्ता
समाचार

‘एक रोटी पेटमा, दुई रोटी झोलामा’ बोकेर चितवन हिँडे कार्यकर्ता

  • नागरिक रैबार
‘एक रोटी पेटमा, दुई रोटी झोलामा’ बोकेर चितवन हिँडे कार्यकर्ता

रुपन्देही । शुक्रबारबाट चितवनमा सुरु हुने नेकपा एमालेको महाधिवेशनमा लुमिबनी प्रदेशबाट करिब ७५ हजार नेता कार्यकर्ता सहभागी हुँदैछन् ।

१० औं महाधिवेशनमा सहभागी हुन लुम्बिनीबाट चिवतनका लागि कार्यकर्ता हिड्ने क्रम जारी रहेको छ ।ठूलो जनसहभागिताका लागि व्यवस्थापन गर्न समस्या हुने र बुटवल नारायणगढ सडकको अवस्था बिग्रिएकाले संभव भएका र आफ्नो साधन भएका एमाले कार्यकर्ताहरु आजदेखि नै चितवनलाई पायक पर्नेगरी यात्रा तय गरेका छन् ।

महाधिवेशनमा सहभागी हुने कार्यकर्ताको खानपानदेखि यातायातको व्यवस्थासमेत सबै कार्यकर्ताले व्यवस्थापन गरेकोे प्रदेश कमिटी सचिव भूमिश्वर ढकालले बताए ।

विज्ञापन

‘एक रोटी पेटमा २ रोटी झोलामा’ नारालाई अघि सार्दै नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा सहभागी हुन कार्यकर्तालाई आह्वान गरिएको उनले बताए ।

उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशबाट मात्रै ७५ हजार कार्यकर्ता सहभागी हुने गरी सबै व्यवस्था मिलाइएको जानकारी दिँदै उनले यो बाहेकका धेरै संख्यामा सहभागी हुने आफूले पाएको बताए ।

ढकालले भने, ‘उद्घाटन कार्यक्रममा सहभागी हुने कार्यकर्ताहरु माझ एक रोटी पेटमा २ रोटी झोलामा नारालाई पुर्‍याएका छौं । बिहीबार साँझ घरबाट १ रोटी खाएर हिड्छन् । शुक्रबार बिहान एक रोटी खाने छन् र साँझ अर्को रोटी खाएर कार्यकर्ताहरु फर्कने छन् । त्यसका लागि यो नारा हरेक कार्यकर्तासँग पुर्‍याएका छौं ।’

दाउन्ने सडकमा हुने जामका कारण उत्पन्न हुने कठिनाई सहज बनाउन बुटवल सडक कार्यालय र प्रहरीसँग प्रदेश कमिटीले समन्वय गरेको उनले बताए ।

चितवनसँग जोडिएको प्रदेश भएकाले पनि उद्घाटन कार्यक्रममा सहभागी हुने अधिकांश यो प्रदेशबाट आउने भएकाले व्वस्थापनको चुनौती थपिएको हो ।

प्रदेशका सबै जिल्लाबाट सहभागिताको योजना बनाएर व्यवस्थापनका लागि अगाडि बढेको प्रदेश अध्यक्ष लिला गिरीले बताए । उनले ट्राफिक व्यवस्थापन, सहभागिताको व्यवस्थापन सबै विषयमा अन्तिम तयारी गरेको बताए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार