होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • बलिउड/हलिउड
  • अल्लु अर्जुन र रश्मीकाको ‘पुष्पा’ नेपालमा रिलिज हुने
बलिउड/हलिउड

अल्लु अर्जुन र रश्मीकाको ‘पुष्पा’ नेपालमा रिलिज हुने

  • नागरिक रैबार
अल्लु अर्जुन र रश्मीकाको ‘पुष्पा’ नेपालमा रिलिज हुने

काठमाडौं । नेपालमा साउथका स्टारहरुको क्रेज बढ्दै गएपछि चलचित्र रिलिजलाई वितरकहरुले पनि महत्वपूर्ण रुपमा लिन थालेका छन् । कुनै समय साउथका स्टार रजनीकान्तको चलचित्र मात्र नेपाल भित्रिन्थ्यो ।

तर, अहिले साउथका अधिकांश स्टारहरुको चलचित्रले नेपाली बजारमा कब्जा जमाउन थालेका छन् । ‘बाहुबली, केजीएफ’ जस्ता चलचित्रले नेपालमा राम्रो कमाइ गरेपछि नेपाली वितरकहरु साउथका चलचित्र रिलिज गर्न उत्साहित भएका हुन् ।

यसैबीच साउथ चलचित्र ‘पुष्पा’को हिन्दी डब नेपालमा रिलिज हुने भएको छ । पुस २ गतेबाट यो चलचित्र नेपालमा रिलिज हुने पक्का भएको छ ।

विज्ञापन

वितरक मनोज राठीले यो चलचित्रको अधिकार खरिद गरेको जानकारी दिए । सुकुमारको निर्देशनमा बनेको यो चलचित्रमा अल्लु अर्जुन, पुष्पा, रश्मीका मन्दन्नाको मुख्य भूमिका छ । रश्मीका प्रशंसकहरु पनि नेपालमा निक्कै छन् । यसैले बक्स अफिसमा यो चलचित्रले राम्रो व्यापार गर्ने अपेक्षा वितरकको छ ।

मनोज राठी र उनको टिमले नेपाल भित्र्याएको बलिउड चलचित्र ‘सूर्यवंशी’ले बक्स अफिसमा धुम मच्चाएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार