होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मन्त्रिपरिषदलाई पूर्णता दिन सत्ता गठबन्धनको बैठक बस्दै
समाचार

मन्त्रिपरिषदलाई पूर्णता दिन सत्ता गठबन्धनको बैठक बस्दै

  • नागरिक रैबार
मन्त्रिपरिषदलाई पूर्णता दिन सत्ता गठबन्धनको बैठक बस्दै

सत्तारुढ गठबन्धनका ५ राजनीतिक दलको बैठक आज पनि बस्ने भएको छ । बुधबार साँझ गठबन्धनको बैठक बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । उनका अनुसार बैठक बस्ने तय भएपनि सिंहदरबार वा बालुवाटार कहाँ बस्ने भन्ने टुंगो लागिसकेको छैन । आजको बैठकमा मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल हुने बताइएको छ ।

मंगलबार पनि गठबन्धन दलको बैठक बसेको थियो । उक्त बैठकमा माओवादीबाट मात्रै भएपनि मन्त्री हुनेको नाम पठाउन प्रधानमन्त्री देउवाले अध्यक्ष प्रचण्डसँग प्रस्ताव गरेका थिए । सोही अनुसार मन्त्रीको नाम टुंगो लगाउन माओवादी केन्द्रको स्थायी समितिको बैठक पेरिसडाँडामा बसिरहेको छ भने काँग्रेसको पदाधिकारी बैठक पनि सिंहदरबारमा केहीबेरमा बस्दैछ ।

यता गठबन्धन घटक नेकपा एकीकृतको केन्द्रीय समिति बैठक पनि जारी छ । काँग्रेसको पदाधिकारी, माओवादी केन्द्रको स्थायी समिति र एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सकेर गठबन्धनको बैठक बस्न लागेको हो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार