होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • विपक्षी गठबन्धनले भन्योः उपलब्धि गुम्ने खतरा (वक्तव्यको पूर्णपाठसहित)
राजनीति

विपक्षी गठबन्धनले भन्योः उपलब्धि गुम्ने खतरा (वक्तव्यको पूर्णपाठसहित)

  • नागरिक रैबार
विपक्षी गठबन्धनले भन्योः उपलब्धि गुम्ने खतरा (वक्तव्यको पूर्णपाठसहित)

काठमाडौं, ८ असार । विपक्षी गठबन्धनले अहिलेको राजनीतिक उपलब्धि नै गुम्ने खतरा उत्पन्न भएको औल्याएको छ । गठबन्धनका पाँच नेताहरुले आज संयुक्त वक्तव्यमार्फत् जनताको संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा भएकाले राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको बताएका छन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलद्वारा हस्ताक्षर भएको संयुक्त वक्तव्यमा स्वतन्त्र न्यायपालिका र निर्वाचन आयोगलाई धम्क्याएर प्रभावित पार्न खोजिएको आरोप लगाइएको छ ।

‘प्रधानमन्त्री र सरकारले जताततै हस्तक्षेप गर्ने, दबाब र धम्की दिने तथा संकीर्ण स्वार्थका लागि जस्तोसुकै काम पनि गर्ने बाटो अंगिकार गरेका छन्,’ वक्तव्यमा भनिएको छ,‘नेपाली जनताको कष्टपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरु नै गुम्ने हुन् कि भन्ने खतरा उत्पन्न भएको छ ।’

विज्ञापन

गठबन्धनका नेताहरुले स्वतन्त्र न्यायपालिकालाई धम्क्याउने र लोकतन्त्रको मूल आधार निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने दायित्व रहेको निर्वाचन आयोगलाई नियन्त्रण गर्ने षड्यन्त्र भइरहेको टिप्पणी समेत गरेका छन् । वक्तव्यमा निर्वाचन आयोगको निष्पक्षतामाथि समेत आशंका व्यक्त गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार