होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • कार्यसम्पादनमा देशमै उत्कृष्ट बनिन् बाजुराकी डीएसपी बोहरा
Breaking News

कार्यसम्पादनमा देशमै उत्कृष्ट बनिन् बाजुराकी डीएसपी बोहरा

  • नागरिक रैबार
[sharethis-inline-buttons]
कार्यसम्पादनमा देशमै उत्कृष्ट बनिन् बाजुराकी डीएसपी बोहरा

जिल्ला प्रहरी कार्यालय बाजुराकी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहरा नेपाल प्रहरीको कार्यसम्पादन मूल्यांकनमा देशभरका प्रहरी अधिकृतमध्ये उत्कृष्ट स्थान हासिल गर्न सफल भएकी छन् ।

भौगोलिक रूपमा दुर्गम, चुनौतीपूर्ण तथा संवेदनशील जिल्ला बाजुरामा नेतृत्व सम्हाल्दै उनले देखाएको व्यावसायिक दक्षता, परिणाममुखी कार्यशैली र जनउत्तरदायी प्रहरी सेवाको उच्च मूल्यांकन भएको हो।

डीएसपी बोहराको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाजुराले शान्ति सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउनुका साथै अपराध अनुसन्धान, फरार अभियुक्त पक्राउ, लागूऔषध तथा अन्य अवैध गतिविधि नियन्त्रण, घरेलु हिंसा न्यूनीकरण, बालविवाह रोकथाम, अवैध मदिरा नियन्त्रण र गाँजा फडानी अभियानलाई प्राथमिकताका साथ अघि बढाएको छ।

विज्ञापन

समुदाय–प्रहरी साझेदारीलाई सुदृढ बनाउँदै जनविश्वास अभिवृद्धि गर्ने अभियानमा पनि उल्लेखनीय सफलता हासिल भएको प्रहरी स्रोतले जनाएको छ। विभिन्न सामाजिक, प्रशासनिक तथा सुरक्षा चुनौतीलाई कानुनी प्रक्रिया, समन्वय र संवादमार्फत समाधान गर्ने शैलीले डीएसपी बोहराले फरक पहिचान बनाउन सफल भएकी हुन् ।

हिमाली गाउँपालिका–३ को लाम्पाटा क्षेत्रमा भएको सीमा विवाद तथा झडपको घटनामा उहाँ स्वयं घटनास्थल पुगेर अनुसन्धान, सुरक्षा व्यवस्थापन र सम्बन्धित निकायसँग समन्वयको नेतृत्व गर्नुभएको थियो। उहाँको सक्रियताले परिस्थितिलाई थप जटिल बन्न नदिई अनुसन्धानलाई प्रभावकारी रूपमा अघि बढाउन महत्वपूर्ण भूमिका खेलेको बताइएको छ।

व्यावसायिक अनुशासन, निष्पक्ष निर्णय क्षमता, नागरिकमैत्री व्यवहार र जिम्मेवारीप्रतिको उच्च प्रतिबद्धताका कारण डीएसपी बोहरा बाजुरामा मात्र नभई नेपाल प्रहरीभित्र पनि सक्षम र उदाहरणीय नेतृत्वका रूपमा स्थापित हुँदै जानुभएको छ। उहाँको कार्यशैलीले प्रहरी संगठनप्रतिको नागरिक विश्वास अझ बलियो बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको सरोकारवालाहरूको भनाइ छ।

देशभरको कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट प्रहरी अधिकृतका रूपमा प्राप्त यो सफलता व्यक्तिगत उपलब्धिमा मात्र सीमित नभई जिल्ला प्रहरी कार्यालय बाजुराको संस्थागत प्रभावकारिता तथा सम्पूर्ण प्रहरी टोलीको समर्पण र मेहनतको सम्मानका रूपमा समेत हेरिएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै