होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कोरोना महामारीबीच २६८ गर्भवतीले ज्यान गुमाए
समाचार

कोरोना महामारीबीच २६८ गर्भवतीले ज्यान गुमाए

  • नागरिक रैबार
कोरोना महामारीबीच २६८ गर्भवतीले ज्यान गुमाए

८ असार, काठमाडौं । २०७६ सालको चैतदेखि ०७८ सालको जेठसम्म विभिन्न कारणले २६८ जना गर्भवतीले ज्यान गुमाएका छन् ।

०७७ सालको चैतदेखि ०७८ को जेठसम्म मात्रै ४५ जना गर्भवतीले ज्यान गुमाएको परीवार कल्याण महाशाखाले जनाएको छ ।

महाशाखाको अनुसार अहिलेसम्म कोरोना संक्रमणबाट ३३ जना गर्भवतीको ज्यान गएको छ । महाशाखामा आएको तथ्यांकहरु मध्ये अस्पतालमा भर्ना भएपछि ज्यान गुमाउने संख्या रहेको मातृ तथा शिशु स्वास्थ्य शाखा प्रमुख डा.पुन्य गौतमले जानकारी दिइन् । उनले भनिन् ‘ढिलो गरी अस्पताल भर्ना हुँदा बचाउन नसकिएको देखिएको छ ।’

विज्ञापन

महाशाखाले जनाए अनुसार अत्यधिक रक्तश्राव, बच्चा जन्माउन नसकेको कारण भन्दा ‘नन अब्सटेट्रिक कन्डिसन’ अन्य स्वास्थ्य समस्याको कारण ज्यान गुमाउने गर्भवतीहरुको संख्या बढी छ । समुदायमा नै ज्यान गुमाउने गर्भवतीको ज्यान जानुको कारण स्पष्ट नआउँदा पनि यस्तो देखिएको हुन सक्ने महाशाखाको भनाइ छ ।

अस्पतालले तथ्यांक नै पठाउँदैनन्

जिल्लाका अस्पतालहरुले तथ्यांक नै नपठाउने महाशाखाको भनाई छ । चितवनको भरतपुर अस्पताल र नारायणी सामुदायीक अस्पतालबाट रिपोर्ट नआएपछि अनुगमनमा जानु परेको जनाएको छ ।

अनुगमनमा जाँदा नारायणी सामुदायीक अस्पतालको तथ्यांक प्रमुख सरुवा भएको र कर्मचारीलाई कोभिड फोकल पर्सन तोकिएकोले पठाउन नसकेको पाइएको छ ।
त्यस्तै भरतपुर अस्पतालले भने मातृ तथा शिशु स्वास्थ्य शाखाले तथ्यांक नदिएको कारण देखाएको महाशाखाले जनाएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार