बिहिबार, फाल्गुन २०, २०७७
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • बिग बोसको १४ संस्करणको विजेता बनिन् रुबिना
मनोरञ्जन

बिग बोसको १४ संस्करणको विजेता बनिन् रुबिना

  • नागरिक रैबार
बिग बोसको १४ संस्करणको विजेता बनिन् रुबिना

काठमाडौं । भारतको चर्चित रियालिटी शो ‘बिग बोस’को १४ संस्करण रुबिना दिलेकले जितेकी छन् । यससँगै उनले ३४ लाख भारतीय रुपैयाँको पुरस्कार पनि हात पारिन् ।

बिग बोसको फस्ट रनरअप राहुल वैद्य बने । रुबिना र राहुलबीच कडा टक्कर थियो । यद्यपि मत सर्वेक्षणहरुमा रुबिना नै अगाडि देखिइएकी थिइन् ।

रुबिना टेलिसिरियल ‘छोटी बहु’को एक चर्चित अनुहार हुन् । उनले श्रीमान अभिनव शुक्लासँगै बिग बोस कार्यक्रममा भाग लिएकी थिइन् ।

विज्ञापन

बिग बोस कार्यक्रम सन्चालक सलमान खानले विजेताको नाम घोषणा गर्नुअघि सबै प्रतियोगीहरुलाई १४ लाख रुपैयाँ लिएर शो छोड्ने विकल्प दिएका थिए । सोचेर निर्णय लिन ३० सेकेण्डको समय दिइएको थियो ।

कलाकार राखी सावन्तले १४ लाख लिएर शोबाट विदा हुने निर्णय लिएकी थिइन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार