होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • बलिउड/हलिउड
  • ‘स्पाइडर म्यान’ले चार दिनमै विश्वभरबाट कमायो ५८७ मिलियन डलर
बलिउड/हलिउड

‘स्पाइडर म्यान’ले चार दिनमै विश्वभरबाट कमायो ५८७ मिलियन डलर

  • नागरिक रैबार
‘स्पाइडर म्यान’ले चार दिनमै विश्वभरबाट कमायो ५८७ मिलियन डलर

काठमाडौं । हलिउड सुपर हिरो चलचित्र ‘स्पाइडर म्यानः नो वे होम’ले बक्स अफिसमा बम्पर कमाइ गरेको छ । बिहीबारदेखि विश्व बजारमा प्रदर्शन भइरहेको यो चलचित्रले नेपाल र भारतमा समेत आक्रामक कमाइ गरिरहेको छ ।

यो चलचित्रले विश्वका ६१ देशबाट ५८७ मिलियन डलर अर्थात् ७ हजार १ सय ३९ करोड रुपैयाँ कमाइ गरेको छ । यो कमाइ विकेन्ड कलेक्सन हो ।

चलचित्रले अमेरिकामा मात्र २५३ मिलियन डलर कमाइ गरेको छ । यस्तै, अमेरिका बाहिर ३४२ मिलियन डलर कमाइ यो चलचित्रले गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

विज्ञापन

यो चलचित्रले एक सातामा १ बिलियन डलर आम्दानी गर्ने अनुमान गरिएको छ । यो चलचित्रलाई दर्शक र समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको छ । क्रिसमसको बिदा समेत आउन लागेकाले चलचित्रले विश्व बजारमा बम्पर कमाइलाई निरन्तरता दिने विश्लेषण गरिएको छ ।

कोरोना महामारीका कारण करिब डेढ वर्ष मनोरञ्जन दुनियाँ ठप्प भएको थियो । तर, कोरोना महामारीको दोस्रो लहर सकिएसँगै हलिउडका मेघा बजेटका चलचित्रले बम्पर कमाइ गरिरहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार