होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • एमाले सांसद नविना लामाको चिन्ता – हाम्रो पुस्ताको राजनीति बर्बाद भयो !
राजनीति

एमाले सांसद नविना लामाको चिन्ता – हाम्रो पुस्ताको राजनीति बर्बाद भयो !

  • नागरिक रैबार
एमाले सांसद नविना लामाको चिन्ता – हाम्रो पुस्ताको राजनीति बर्बाद भयो !

नेकपा एमालेकी सांसद नविना लामाले एउटा पार्टीमा राजनीति गरेर अर्को पार्टीमा भोट किन भन्दै प्रश्न गरेकी छिन् । सोमबार सामाजिक सञ्जालमार्फत आफ्ना विचार सार्वजनिक गर्दै उनले पार्टीभित्रको गुटबन्दी कोभिड जस्तै नयाँ प्रकृतिको रहेको बताउँदै बर्बाद भएको बताएकी छिन् ।

उनले जनताको बहुदलीय जनवाद खोइ भन्दै प्रश्न समेत गरेकी छिन् । उनले भनेकी छिन्–‘नेपालमा कम्युनिस्ट पार्टीको इतिहास केलाएर हेर्दा फुट विभाजन विचार, व्यवस्था भन्दा बढी आफू केन्द्रित पदको लडाइँमा गुटबन्दीले पार्टीलाई सत्यानाश गरेको देखिन्छ । महान् नेताहरूको र कार्यकर्ताहरूको उज्ज्वल भविष्य समाप्त भएको देखिन्छ । अहिले नेकपा विभाजन पनि त्यस्तै देखिएको छ ।’

उनले अहिले नेकपा एमाले भित्रको पनि गुटबन्दी बडो खतरनाक र कोभिड जस्तै नयाँ प्रकृतिको रहेको बताएकी छिन् । आफ्नो पार्टीको सरकार ढलाएर अर्को पार्टीलाई सरकार बनाउनु यो भन्दा अर्को दुःखद घटना केही नहुने उनको भनाई छ । उनले भनेकी छिन्–‘यो भन्दा दुःखद घटना के हुन सक्छ ?? बर्बाद भयो । जबज खोइ ??? हाम्रो पुस्ताको राजनीति?? हाम्रो पार्टीको राजनीति पार्टी एमाले भोट अर्को अर्को पार्टी हो???’

विज्ञापन

आइतबार प्रतिनिधि सभामा एमालेको माधव नेपाल समूहले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार