होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १३, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • साउनको पहिलो सोमवार, महिलाले शिवको पूजा आराधना गरी मनाउँदै
समाचार

साउनको पहिलो सोमवार, महिलाले शिवको पूजा आराधना गरी मनाउँदै

  • नागरिक रैबार
साउनको पहिलो सोमवार, महिलाले शिवको पूजा आराधना गरी मनाउँदै

काठमाण्डौ – आज यस वर्षको साउन महिनाको पहिलो सोमवार। हिन्दू महिलाले शिवको पूजा आराधना गरी मनाउँदै छन्।

साउने सोमवारका दिन सुदूरपश्चिमका विभिन्न शिवालयहरुमा भक्तजनको भीड लाग्ने गरे पनि कोरोना भाइरसको सङ्क्रमणका कारण शिवालयमा दर्शनार्थीको उपस्थिति न्यून छ। साउने सोमवारको व्रत बसी शिवजीको पूजा आराधना गरे मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ।

विज्ञापन

साउनको पहिलो सोमवार धनगढीको शिवपुरी धाम, नैनादेवी मन्दिर, पशुपती मन्दिर लगायतका विभिन्न शिवालयहरुमा दर्शनार्थीहरु पुगेका छन्। कोरोना भाइरसको नयाँ भेरियन्टसहितको दोस्रो लहरले विगतका वर्षको जस्तो भने चहलपहल देखिएको छैन्।

यस्तै, साउन महिना लागेसँगै हरियो, पहेँलो चुरा तथा पोतेको खरिद बिक्री केही बढेको छ।साउन महिनामा महिलाहरुले हरियो, पहेँलो चुरा पोते लगाउने गरेका छन्। पछिल्लो समय किशोरीहरुले पनि हरियो चुरा र मेहन्दी लगाउन उत्सुक र आकर्षीत देखिन्छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार