होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • बलिउड/हलिउड
  • ‘जय भीम’लाई आईएमडीबीमा ९.६ रेटिङ
बलिउड/हलिउड

‘जय भीम’लाई आईएमडीबीमा ९.६ रेटिङ

  • नागरिक रैबार
‘जय भीम’लाई आईएमडीबीमा ९.६ रेटिङ

काठमाडौं । तमिल भाषामा बनेको चलचित्र ‘जय भीम’ले चलचित्रसँग जोडिएको आँकडा बताउने वेबसाइट आईएमडीबीमा सबैभन्दा बढी रेटिङ पाएको छ । यो चलचित्रलाई दर्शकले ‘द सशांक रिडेप्सन’ र ‘द गडफादर’ जस्ता क्लासिक चलचित्रसँग तुलना गरेका छन् ।

‘जय भीम’को शुरुवातमा देखाइएका केही दृश्यमा प्रहरी अधिकारीहरु जातीयताको आधारमा मानिसलाई अलग गराइरहेका छन् । यो दृश्यमा जो मानिसहरु दबंग जातिका हुन्छन्, उनीहरुलाई जानका लागि भनिन्छ । तर, जो दलित र आदिवासी समुदायका हुन्छन् उनीहरुमाथि झुटो आरोप लगाइन्छ ।

यो दृश्य निकै मार्मिक छ । यो दृश्यमा छेउमा बसेर हेरिरहेका मानिसहरुलाई उनीहरुको गल्ती लगभग थाहा हुन्छ । यस्ता दृश्य सधैं नै हुने गर्दछ । यो दृश्यले भारतका साना शहर र गाउँमा दलितहरुको जीवन अनिश्चित रहेकोतर्फ संकेत गर्दछ ।

विज्ञापन

भारतको कुल जनसंख्याको २० प्रतिशत दलित छन् । कानून भएर पनि उनीहरुमाथि निरन्तर भेदभाव र हिंसाको घटना भइरहेका छन् । यो चलचित्रको नाम ‘जय भीम’ अर्थात् ‘भीम अमर रहें’ हो । यो लोकप्रिय नारा दलित विद्धान तथा नेता भीमराव रामजी (बीआर) अम्बेडकर उनका समर्थकहरुले दिएका छन् । अम्बेडकर भारतको संविधानको मुख्य वास्तुकार तथा देशकै पहिलो कानूनमन्त्री थिए ।

यो चलचित्रको निर्देशन टीजे ज्ञानवेलले गरेका छन् । चलचित्रमा तमिल स्टार सूर्याको मुख्य भूमिका छ । यो चलचित्रले गलत शैलीको विरुद्धमा लड्ने एक सच्चा वकिलको कथालाई देखाएको छ ।

‘जय भीम’ तमिल चलचित्रको एक नयाँ आन्दोलनको हिस्सा हो । यसको माध्यमबाट कैयौं युवा निर्माताले दलितमाथिको उत्पीडन विरुद्धमा चलचित्रको माध्यमबाट दर्शकमाझ प्रस्तुत गरिरहेका छन् ।

पछिल्लो समय दलितहरुको कथाले भारतका अन्य भाषामा बन्ने चलचित्रमा पनि स्थान पाइरहेका छन् । यसमा ‘अन्हे गोरहे दा दान’ जस्ता पञ्जाबी चलचित्र छन् । ‘मसान’ नामक हिन्दी चलचित्र, ‘फैंन्ड्री र सैराट’ जस्ता मराठी चलचित्रमा पनि यो विषय उठेको छ ।

उसो त तमिल भाषामा बनेका सबै दलितको कथा उठाएका चलचित्र प्रशंसायोग्य छैनन् । निर्देशक लीना मणिमेकका अनुसार पछिल्ल्लो समय तमिल चलचित्रका नायक र नायिकाहरुको भूमिकामा परिवर्तन आएको छैन । तर, एउटा कुरा पक्का के हो भने दर्शकले अब नयाँ चलचित्र पनि हेरिरहेका छन् ।

‘जय भीम’ हलमा रिलिज भएको चलचित्र होइन । त्यसैले यसको लोकप्रियताको मापन बक्स अफिस आँकडा होइन । तर, आईएमडीबीमा दर्शकले यो चलचित्रलाई ९.६ रेटिङ दिएर पहिलो स्थानमा पुर्‍याएका छन् ।

बीबीसी हिन्दीको सहयोगमा

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार