होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • बलिउड/हलिउड
  • करोडौं ठगीको आरोपमा शिल्पासँग प्रहरीले गर्यो सोधपुछ
बलिउड/हलिउड

करोडौं ठगीको आरोपमा शिल्पासँग प्रहरीले गर्यो सोधपुछ

  • नागरिक रैबार
करोडौं ठगीको आरोपमा शिल्पासँग प्रहरीले गर्यो सोधपुछ

एकातिर नायिका शिल्पा सेट्टीका श्रीमान् राज कुन्द्रा पोर्नोग्राफीको मुद्दामा हिरासतमा छन् । अर्कोतिर, शिल्पामाथि करोडौं ठगीको मुद्दा पनि लागेको छ । लखनउकी एक महिलाले शिल्पा र उनकी आमामाथि करोडौं रकम ठगी गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन् ।

महिलाको उजुरीको आधारमा बुधबार प्रहरी उनको घर जुहु पुगेको छ । मिडियामा सार्वजनिक तस्वीरमा शिल्पाको घर बाहिर केही प्रहरी उभिएका छन् भने प्रहरीको हातमा नोटिस समेत छ ।

 

विज्ञापन

लखनउको विभूतिखन्ड पुलिस स्टेशनमा ओमेक्स हाइट्स निवासी ज्योत्सना चौहानले शिल्पा र उनकी आमा सुनन्दा सेट्टीमाथि ठगीको आरोपमा उजुरी दर्ता गराएकी थिइन् । प्रहरीले एक महिना अगाडि नै शिल्पालाई नोटिस पठाएको थियो ।

आयोसिस स्लिमिङ्ग स्किन सैलुन तथा स्पा वेलनेस सेन्टरको ब्रान्च खोल्ने भन्दै शिल्पा र उनकी आमा सुनन्दाको कम्पनीका मानिसहरुले करोडौंं रुपैयाँ ठगी गरेको आरोप लगाइएको छ । पैसा लिएर पनि शिल्पा र सुनन्दाले वाचा पुरा नगरेको आरोप छ । ज्योत्सनाको साथमा संझौता गर्ने समयमा शिल्पा आयोसिस कम्पनीको प्रमुख र उनकी आमा निर्देशक रहेको बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार