होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • बलिउड/हलिउड
  • बलिउड फिल्म ‘सूर्यवंशी’ चलेसँगै धमाधम तोकिँदै नेपाली फिल्मको प्रदर्शन
बलिउड/हलिउड

बलिउड फिल्म ‘सूर्यवंशी’ चलेसँगै धमाधम तोकिँदै नेपाली फिल्मको प्रदर्शन

  • नागरिक रैबार
बलिउड फिल्म ‘सूर्यवंशी’ चलेसँगै धमाधम तोकिँदै नेपाली फिल्मको प्रदर्शन

काठमाडौँ — अभिनेता अक्षय कुमारको फिल्म ‘सूर्यवंशी’ले हलमा दर्शक फर्काएसँगै नेपाली फिल्मकर्मीहरुले फिल्म प्रदर्शनको मिति तोक्न थालेका छन् । कोरोना महामारीका कारण झन्डै दुई वर्षदेखि प्रदर्शन स्थगन गरिएका फिल्मको प्रदर्शन तयारी थालिएको हो ।

‘फास्ट एन्ड फ्युरियस–९’ लगाउँदै दसैंदेखि हल संचालनमा आएपनि हलमा नेपाली फिल्म प्रदर्शनमा आइरहेको थिएन । निर्माताहरु हलमा दर्शक नआउने डरले फिल्मको प्रदर्शन मिति पक्का गर्न सकिरहेका थिएनन् । तर, बलिउड फिल्म ‘सूर्यवंशी’ले हलमा दर्शकको भीड जम्मा गरेपछि नेपाली फिल्मकर्मीमा उत्साह थपिएको छ ।

हालै निर्माता अर्जुन कुमारले फिल्म ‘चपली हाइट–३’को नयाँ मिति तोकेका छन् । उनको टिमले फिल्मलाई पुस २ मा प्रदर्शन गर्ने भएका छन् । कोरोना महामारीकै कारण ४ दर्जन बढी फिल्मको प्रदर्शन रोकियो । कति फिल्मले प्रचारप्रसारको काम सकिँदा पनि प्रदर्शनको मौका पाएनन् । निर्देशक सुदर्शन थापाको फिल्म ‘म यस्तो गीत गाउँछु–२’ पनि महामारीकै कारण पछाडि सारिएको थियो । अब भने सुदर्शनले माघ १९ गते फिल्मलाई प्रदर्शन गर्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले फिल्मको नयाँ मिति सार्वजनिक गरेका हुन् ।

विज्ञापन

‘कुनै एक चलचित्र मात्र नभई पूरा नेपाली फिल्म क्षेत्र नै चलायमान हुनु अहिलेको आवश्यकता हो । सोही उदेश्यका साथ नेपाली चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ यही वर्षको माघ १९ मा प्रदर्शन गर्ने निर्णय गरेका छौं । सधैंझै सम्पूर्ण चलचित्रकर्मी, पत्रकार साथी र दर्शक महानुभावबाट साथ र सहयोगको अपेक्षा गर्दछौं,’सुदर्शनले फेसबुकमा लेखेका छन् । यसअघि ‘लप्पन छप्पन–२’ फागुन १३, ‘ए मेरो हजुर–४’ चैत २५ र ‘चिसो मान्छे’ले वैशाख २० लाई प्रदर्शनको मिति तोकेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार