होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • बलिउड/हलिउड
  • ‘भुल भुलैया २’को क्लाइमेक्समा कार्तिकको बोली रोकिएपछि…
बलिउड/हलिउड

‘भुल भुलैया २’को क्लाइमेक्समा कार्तिकको बोली रोकिएपछि…

  • नागरिक रैबार
‘भुल भुलैया २’को क्लाइमेक्समा कार्तिकको बोली रोकिएपछि…

मुम्बई(बलिउड हंगामा)– अनिज बाजमी निर्देशित कमेडी हरर फिल्म ‘भूल भूलैया २’को छायांकन पुरा भएको छ । तर फिल्मको क्लाइमेक्स निकै तनावपूर्ण तरिकाले पुरा भएको छ ।

कोभिड महामारीपछि जारी गरिएको लकडाउनका कारण रोकिएको फिल्मको बाँकी काम कोभिड केही सामान्य भएपछि सुरु भएको थियो । फिल्मको सुटिङ जति रमाइलो किसिमले सुरु भयो, त्यसको समापन केही नरमाइलो र तनावपूर्ण किसिमले भयो ।

फिल्म स्रोतका अनुसार क्लाइमेक्समा अभिनेता कार्तिक आर्यन र अभिनेत्री तब्बुको दृश्य खिचिएको थियो । ‘कमेडी र द्वन्द्व भएको यो फिल्मको क्लाइमेक्समा कार्तिकले चिच्याउने दृश्य छ । कार्तिक चिच्याउने दृश्य खिच्ने तयारी भइरहँदा कार्तिकको बाेली बन्द भयो । यो निकै डरमर्दो अवस्था थियो । सुटिङ सेटमा सबैजना अत्तालिएका थिए’, स्रोतले भनेको छ ।

विज्ञापन

कार्तिकको आवाज बन्द भएपछि फिल्म युनिटले मेडिकल टिमलाई तुरुन्तै बोलाएको थियो । चिकित्सकको उपचार पछि उनको बाेली खुलेको थियो । चिकित्सकले कार्तिकको बाेलीमा धेरै समस्या नरहे पनि उनलाई केही समय आरामको आवश्यकता रहेको बताएका थिए ।

निर्देशक बाजमीले आफ्नो करियरमा बिर्सनै नसक्ने घटना भएको बताएका छन् । सन् २००७ को फिल्म ‘भूल भूलैया’को क्लाइमेक्स दृश्यमा पनि यस्तै घटना भएको थियो । विद्या वालनको नृत्य खिचिएको क्लाइमेक्स दृश्यमा उनी बेहोस् भएकी थिइन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार