होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिममा रोकिएन चोरी तस्करी
समाचार

सुदूरपश्चिममा रोकिएन चोरी तस्करी

  • नागरिक रैबार
सुदूरपश्चिममा रोकिएन चोरी तस्करी

धनगढी । सशस्त्र प्रहरीले अवैध रुपमा हुने चोरी तस्करी नियन्त्रणका लागि भन्दै कैलाली र कञ्चनपुरका सीमा क्षेत्रमा बीओपी संख्या बढाउँदै लगेको छ । नेपाल प्रहरीले पनि बेलाबखत नाकामा कडाइ गरिएको बताउँछ । तर सीमा क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण हुन सकेको छैन ।

भारतसँग सीमा जोडिएको कञ्चनपुरमा २० वटा र कैलालीमा १८ वटा बीओपी छन् । यी बीओपीले सीमा सुरक्षाका साथै चोरी तस्करी नियन्त्रणमा पनि सघाउने गर्दै आएका छन् । तर आर्थिक वर्ष २०७७/७८ मा कैलालीमा २ करोड ५६ लाख मूल्य बराबरको र कञ्चनपुरमा एक करोड ४९ लाख मूल्य बराबरका सामान चोरी तस्करी भएको तथ्यांक छ ।

चोरी तस्करीका केही उदाहरण

विज्ञापन

राजश्व अनुसन्धान कार्यालय कोहलपुुरले गत साउनबाट धनगढीको मुख्य बजारमा रहेको नेपाल फेन्सी स्टोरबाट अवैध कपडा बरामद गरेको थियो ।

विशेष सूचनाका आधारमा पसलमा छापा हानेर राजश्व अनुसन्धान कार्यालयको टोलीले उक्त फेन्सी स्टोरबाट भारतबाट अवैध रुपमा भित्र्याएर कारोबार गर्न राखेको एक ट्रक कपडा बरामद गरिएको जनाएको छ ।

राजश्व अनुसन्धान कार्यालयले कैलालीबाट अवैध कपडा बरामद गरेको घटना यो पहिलो भने होइन । गत वर्षको बैशाखमा बौनियाबाट समेत करिब एक करोड मूल्य बराबरको भन्सार छली गरेर भारतबाट भित्र्याइएको अवैध कपडा बरामद गरिएको थियो ।

गत वर्ष नै धनगढीको मुख्य बजार क्षेत्रका विभिन्न पसलबाट पनि आधा करोड भन्दा बढी मूल्य पर्ने अवैध कपडा लगायतका समान राजश्व अनुुसन्धान कार्यालयले बरामद गरेको थियो ।

राजश्व अनुुसन्धान कार्यालयका भनाइमा कैलालीमा मुख्य सीमा नाका र चोरी नाका भएर भन्सार छली गरेर भारतबाट ठूलो मात्रामा अवैध मालसमान भित्रिने गरेको छ । खासगरी यहाँ लत्ताकपडा, जुत्ता चप्पल, चिनी, घरायसी समानको अवैध आयात गर्ने क्रम जारी छ ।

कतिसम्म भने भारतबाट चोरी गरेर नगद रुपैयाँ समेत मुख्य नाकाबाटै भित्र्याउने गरिएको छ । गत कात्तिकमा मात्र जिल्ला प्रहरी कार्यालय कैलालीले स्रोत नखुुलेको झण्डै साढे ८ लाख रुपैयाँ र गरगहनासहित धनगढीबाट तीन जनालाई पक्राउ गरेको थियो ।

धनगढी बसपार्कमा रहेको होटल अमन प्लाजाबाट पक्राउ परेका उनीहरुले नगद र गरगहना भारतबाटै चोरी गरेर ल्याएको प्रारम्भिक अनुुसन्धानबाट खुुलेको प्रहरीले बताएको थियो तर पछि आवश्यक कारवाहीका लागि नगद र गरगहनासहित राजश्व अनुुसन्धान कार्यालयलाई बुुझाइएको थियो ।

यी घटनाक्रमले अवैध रुपमा हुने चोरी तस्करी नियन्त्रणमा सुरक्षा निकाय चुक्दै गएको देखाउँछ । भारतसँग एक सय २९ दशमलव पाँच किलोमिटर सीमा जोडिएको कञ्चनपुरमा पुनर्वास नगरपालिकादेखि दोधाराचाँदनी नगरपालिकासम्म २० वटा बीओपी स्थापना गरेको छ । त्यहाँ पछिल्लो १५ महिनामा मात्र १५ वटा बीओपी थपिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीले जनाएको छ । अझै थप ६ वटा बीओपी निर्माणको चरणमा छन् भने एउटा थप प्रस्ताव गरिएको छ । तर सशस्त्र प्रहरीले चोरी तस्करी नियन्त्रणमा अपेक्षित भूमिका खेल्न नसकेको गुुनासो बढ्दो छ ।

भन्सार कार्यालय कञ्चनपुुरका अनुसार आर्थिक वर्ष २०७७/७८ मा सशस्त्र प्रहरीले अवैध समान बरामदका दुुई सय ९७ वटा मुुद्दा दर्ता गरेको छ । ती मुुद्दाको प्रतिवेदन मूल्य एक करोड ४९ लाख रुपैयाँ रहेको सूचना अधिकारी परमानन्द जोशीले जानकारी दिए । चालुु आर्थिक वर्षको पहिलो चौमासिकसम्म सशस्त्र प्रहरीले ६७ वटा मुद्दामा ४७ लाख रुपैयाँ बराबरको प्रतिवेदन मूल्य पेश गरेको छ ।

गत वर्ष नेपाल प्रहरीले भन्सार कार्यालयमा दुुई सय १५ वटा मुुद्दा दर्ता गरेकोमा तीनको प्रतिवेदन मूल्य सशस्त्रको भन्दा बढी छ । सूचना अधिकारी जोशीका भनाइमा नेपाल प्रहरीको प्रतिवेदन मूूल्य दुुई करोड २३ लाख छ । अर्थात् दुुई करोड २३ लाख मूूल्य बराबरको अवैध समान नेपाल प्रहरीले बरामद गरेको थियो । चालुु आर्थिक वर्षमा पनि नेपाल प्रहरीले ९१ लाख २३ हजार रुपैयाँ बराबरको अवैध समान बरामद गरेर कारवाहीका लागि पेश गरेको भन्सार कार्यालयको भनाइ छ ।

चोरी तस्करी नियन्त्रणको जिम्मेवारी पाएर सीमामै बीओपी खडा गरेर बसेको सशस्त्र प्रहरीले किन अपेक्षाअनुसार काम गर्न सकिरहेको छैन ? जवाफमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्रबहादुर ऐर भन्छन्, ‘सीमामा हुने चोरी तस्करी र अपराधिक गतिविधिहरु हामीले धेरै हदसम्म नियन्त्रण गरेका छौं तर यसको मापन यति नै भनेर गर्न सकिंदैन । चोरी तस्करी हामीले चार गुुणाले रोकेका छौं ।’ सीमाबाट हुने लागुुऔषध ओसारपसार पनि धेरै हदसम्म नियन्त्रण भएको सशस्त्र प्रहरीको दाबी छ ।

भौगोलिक हिसाबले सुदूरपश्चिमकै सबैभन्दा ठूलो कैलाली जिल्लामा पनि एक सय एक किलोमिटर खुुला सीमा भारतसँग जोडिएको छ । यो सीमा क्षेत्रमा सशस्त्र प्रहरीका १८ वटा बीओपी निर्माण गरिएका छन् भने ६ वटा निर्माणको क्रममा रहेका छन् । यसबाहेक थप १२ वटा बीओपी प्रस्तावित रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीले जनाएको छ ।

कम्तीमा पनि ५-७ किलोमिटरको दूूरीमा स्थापना गरिएका यी बीओपीले चोरी तस्करी नियन्त्रणमा उल्लेखनीय भूूमिका खेल्ने अपेक्षा गरिएको थियो तर कैलालीमा अवैध रुपमा हुने चोरी तस्करी बढ्दो क्रममा छ ।

भन्सार कार्यालय कैलालीको तथ्यांकअनुसार सशस्त्र प्रहरीले आर्थिक वर्ष २०७७/७८ मा दुुई करोड ५६ लाख बराबरको अवैध समान बरामद गरेर दुुई सय २५ वटा मुुद्दा दर्ता गरेको छ । चालुु आर्थिक वर्षको पहिलो चौमासिकमा एक करोड ८९ लाख बराबरको समान बरामद गरेको तथ्यांक भन्सार कार्यालयसँग छ ।

कैलालीमा भने नेपाल प्रहरीको तुुलनामा सशस्त्र प्रहरीले बढी समान बरामद गरेको पाइएको छ । आर्थिक वर्ष २०७७/७८ मा ४३ लाख ८ हजार र चालुु आर्थिक वर्षको पहिलो चौमासिकमा ४१ ल्ााख ६९ हजार रुपैयाँ बराबरको अवैध समान बरामद गरेको तथ्यांकमा उल्लेख छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दीपेन्द्र कुुँवर भन्छन्, ‘सीमा क्षेत्रमा बीओपी थपिएपछि धेरै हदसम्म चोरी तस्करी नियन्त्रण भएको छ ।’

पर्याप्त मात्रामा स्रोत साधनको अभाव, जनशक्तिको कमी लगायतका कारणले आम मानिसले अपेक्षा गरेअनुसार काम गर्न नसकिएको कुुरालाई भने उनी स्वीकार गर्छन् । ‘हामीसँग पर्याप्त मात्रामा स्रोत साधन छैन । बोर्डरमा गस्ती गर्दा पनि हिडेरै जाने गरेका छौं,’ कुुँवरले भने, ‘हिंडेर पुुग्दासम्म अवैध काममा संलग्न मानिस टाढा पुुगिसकेको हुुन्छ । केही हदसम्म यसले असर गरिरहेकाले हामीले माथिल्लो निकायमा आवश्यक स्रोत साधन माग पनि गरेका छौं ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार