होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भारतीय सहजै, नेपालीलाई कडाइ
समाचार

भारतीय सहजै, नेपालीलाई कडाइ

  • नागरिक रैबार
भारतीय सहजै, नेपालीलाई कडाइ

कञ्चनपुर — कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ नेपालमा समेत देखिन थालेपछि नाकाको निगरानीमा कडाइ गरिएको छ । नयाँ व्यवस्थाअनुसार नाका प्रशासनले भारतबाट फर्किने नेपालीलाई एन्टिजेन परीक्षण गरेर मात्रै भित्रिन दिएको छ । खोप नलगाएकाहरूलाई नाकामै लगाउने व्यवस्थासमेत गरिएको छ ।

तर भारतीयको हकमा दुई डोज खोप लगाएको/नलगाएको मात्रै हेर्ने गरिएको छ । उनीहरूको परीक्षण रिपोर्ट आवश्यक पर्दैन । नेपालीको हकमा कडाइ गरिए पनि भारतीयलाई बिनापरीक्षण भित्रिन दिँदा संक्रमण बढ्न सक्ने स्थानीय विष्णु जोशीले बताए । भारतको राजधानी नयाँदिल्लीमा गत साता नै ओमिक्रोन पुष्टि भइसकेको छ । दिल्ली गड्डाचौकी नाकाबाट साढे ३ सय किलोमिटर दूरीमा छ ।

‘नेपालीलाई कडाइ गरियो, भारतीयको हकमा दुई डोज खोपकै भरमा छाडियो,’ सुदूरपश्चिम प्रदेश सरकारले गड्डाचौकीमा स्थापना गरेको सहायता कक्षका इन्चार्ज दानसिंह बोहराले भने, ‘कम्तीमा भारतीयलाई पनि दुई/तीन दिनभित्रको परीक्षण रिपोर्टका आधारमा भित्रिन दिने व्यवस्था गरिनुपर्छ ।’

विज्ञापन

कोरोना संक्रमण सुरु भएपछि भारतीको हकमा ७२ घण्टाको परीक्षण रिपोर्टसँगै गृह मन्त्रालयको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को अनलाइन फाराम भरेर मात्रै भित्रिन दिने गरिएको थियो । गत महिनादेखि मात्रै दुई डोज खोप लगाएकालाई भित्रिन दिन थालिएको हो ।

‘भारतले धेरै अगाडि खुकुलो गरेका कारण हामीलाई पनि दबाब परेको हो,’ कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोक भण्डारीले भने, ‘देशभरिका सबै नाका खुकुलो भएपछि हामीले अन्तिममा भारतीय नागरिकलाई दुई डोज खोपका आधारमा आउन दिन थालेका हौं ।’ नेपाली नागरिक गाउँमा गएर अन्यसँग पनि घुलमिल हुने र भारतीय सीमित समयका लागि आएर फर्किने हुनाले परीक्षण रिपोर्ट अनिवार्य नगरिएको उनको भनाइ छ ।

अहिले पनि दैनिक सयौं भारतीय नागरिक नेपाल भित्रिने गरेका छन् । उनीहरू व्यापार, घुमफिर र क्यासिनो खेल्न आउँछन् । दुई डोज खोपका आधारमा मात्रै भित्रिन दिन थालेपछि उनीहरू आउने क्रम बढेको हो ।

‘बेलाबेला भारतीय पक्षले खुकुलो पार्न आग्रह गरिरहन्थे,’ सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले भने, ‘हामीले कडाइ गर्दा नेपालीमाथि पनि कडाइ हुन सक्ने देखिन्छ ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार