होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, चैत्र २६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • के कार्यकाल सकिनुअघि नै ट्रम्पलाई ह्वाइटहाउसबाट हटाउन सकिन्छ ?
समाचार

के कार्यकाल सकिनुअघि नै ट्रम्पलाई ह्वाइटहाउसबाट हटाउन सकिन्छ ?

  • नागरिक रैबार
के कार्यकाल सकिनुअघि नै ट्रम्पलाई ह्वाइटहाउसबाट हटाउन सकिन्छ ?

वासिङ्टन — अमेरिकी संसद् भवनबाहिर राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकले हिंसा भड्काएपछि केही सांसदले जनवरी २० भन्दा अघि नै राष्ट्रपति ट्रम्पलाई ह्वाइटहाउसबाट हटाउनुपर्ने बताएका छन् । जनवरी २० मा जो बाइडेनले अमेरिकी राष्ट्रपतिका रुपमा शपथ ग्रहण गर्दैछन् ।

तर राष्ट्रपति ट्रम्पले हिंसाका लागि उक्साएको आरोप लगाउँदै केही सांसदहरुले भने उनलाई जनवरी २० अघि नै राष्ट्रपति भवनबाट हटाउनुपर्ने बताएका हुन् ।

 

विज्ञापन

ट्रम्पले पटक पटक चुनावमा धाँधली भएको भन्दै आधारहीन आरोप लगाउँदै आएका छन् । उनले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न आनाकानी मात्रै होइन, भीडलाई क्यापिटल हिल्स अगाडि जम्मा हुन पनि उक्साएका थिए । त्यसको केही समयपछि उनका समर्थकहरु संसद् भवन अगाडि हिंसात्मक प्रदर्शनमा उत्रिएका हुन् । उनले चुनावी नतिजा आफूहरुबाट चोरिएको गलत दाबी गर्दै आएका छन् ।

के सांसदहरुले माग गरेझैं ट्रम्पलाई ह्वाइटहाउसबाट हटाउन सकिन्छ ?

राष्ट्रपति ट्रम्पलाई जनवरी २० अघि नै हटाउने दुई वटा बाटा छन् । राष्ट्रपटि ट्रम्पलाई सिनेटबाट महाभियोग लगाएर हटाउन सकिन्छ । तर उनको कार्यकाल सकिन दुई हप्ताभन्दा कम समय रहेकाले महाभियोग प्रक्रिया पूरा गर्न पर्याप्त समय नहुने बताइएको छ । अमेरिकी संविधानको २५औं संशोधनमा गरिएको व्यवस्थाअनुसार पनि ट्रम्पलाई ह्वाइट हाउसबाट हटाउन सकिन्छ । त्यसका लागि बाइडेनले शपथ ग्रहण गर्ने बेलासम्म उपराष्ट्रपति माइक पेन्सले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नुपर्नेछ ।

के हो अमेरिकी संविधानको २५औं संशोधन ?

सन् १९६३ मा तत्कालीन राष्ट्रपति जोन एफ केनेडीको हत्या भएपछि अमेरिकी संविधानमा सत्ता हस्तान्तरणको व्यवस्थासहित २५ औं संशोधन गरिएको थियो । जुलाई ६, १९६५ मा अमेरिकी संसद्बाट पास भएको यो संशोधन फेब्रुअरी १०, १९६७ देखि लागू भएको थियो । अमेरिकी संविधानको २५औं संशोधनको धारा ४ मा राष्ट्रपतिले काम गर्न नसकेको तर स्वत: राष्ट्रपतिबाट नहटेमा के गर्ने भन्ने कानुनी प्रावधान राखिएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पका समर्थकले मच्चाए हिंसा, वासिङ्टनमा कर्फ्यु

२५औं संशोधनअघि यदि राष्ट्रपति अस्वस्थ भएमा वा काम गर्न असक्षम भएमा के गर्ने भन्ने व्यवस्था अमेरिकी संविधानमा थिएन । सन् १९५५ मा तत्कालीन राष्ट्रपति ड्वाइट आइजनहावरलाई हृदयघात भएको थियो । त्यतिबेला कानुनी प्रावधान नभए पनि राष्ट्रपतिले उपराष्ट्रपति रिचर्ड निक्सनलाई सत्ता हस्तान्तरण गर्ने सम्झौता गरेका थिए ।

२५औं संशोधनका मस्यौदाकारले यो व्यवस्था राष्ट्रपति शारीरिक रुपमा अस्वस्थ, मानसिक बिरामी भएको अवस्थाका लागि गरिएको तर्क राख्छन् । तर केही विद्वानहरुले भने अमेरिकी राष्ट्रपति पदका लागि खतरनाक रुपले अयोग्य भएको अवस्थामा पनि यो कानुनी प्रावधान लागू हुने बताउँछन् ।

अहिलेको अवस्थामा उपराष्ट्रपति पेन्स र ट्रम्प क्याबिनेटका बहुमत सदस्यले ट्रम्पले राष्ट्रपतीय जिम्मेवारी सम्हाल्न नसकेको घोषणा गर्दै उनलाईह हटाउनुपर्नेछ । त्यसपछि पेन्स केही समय अमेरिकाको कार्यवाहक राष्ट्रपति हुनेछन् ।

यदि त्यसपछि पनि ट्रम्पले आफ्नो काम सही ढंगले निभाउन सक्षम रहेको घोषणा गर्न सक्नेछन् । त्यसो भएमा उपराष्ट्रपति पेन्स र क्याबिनेटका बहुमत सदस्यले प्रतिवाद नगरेमा ट्रम्प पुन: राष्ट्रपतिका रुपमा शक्ति प्राप्त गर्नेछन् । तर उनीहरुले ट्रम्पको घोषणालाई प्रतिवाद गरेमा भने त्यसको छिनोफानो अमेरिकी संसद्ले गर्नेछ । त्यति बेलासम्मका लागि पेन्स नै कार्यवाहक राष्ट्रपतिका रुपमा रहनेछन् । संसद्बाट राष्ट्रपति ट्रम्पलाई हटाउनका लागि अमेरिकी संसद्को दुवै सदनको दुई तिहाई मत आवश्यक पर्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै