होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेविसंघले संसद विघटनविरुद्ध उल्टो हिँडेर विरोध प्रदर्शन गर्ने
समाचार

नेविसंघले संसद विघटनविरुद्ध उल्टो हिँडेर विरोध प्रदर्शन गर्ने

  • नागरिक रैबार
नेविसंघले संसद विघटनविरुद्ध उल्टो हिँडेर विरोध प्रदर्शन गर्ने

काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) प्रतिनिधिसभा विघटनको असंवैधानिक तथा अलोकतान्त्रिक कदमकाविरुद्ध उल्टो हिँडेर विरोध प्रदर्शन (उल्टो जुलुस) गर्ने भएको छ । बिहीवार नै बसेको नेपाल विद्यार्थी संघ केन्द्रीय समितिको बैठकले सरकारको प्रतिगामी कदमका बिरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

नेविसंघले पुस २४ गते दिउँसो १ बजे माइतीघर मण्डलाबाट सरकारको प्रतिगामी कदमकविरुद्ध उल्टो हिडेर विरोध प्रदर्शन निर्णय गरेको हो । थप चरणबद्ध आन्दोलनका कार्यक्रम, कार्य समितिको पूर्णताका निम्ति आवश्यक दबाब, सांगठनिक गतिविधि लगायतका निर्णयहरु पनि आजै सार्वजनिक गरिने महामन्त्री तिमल्सिनाले बताए ।

यस्तै संघको केन्द्रीय समितिले बिहिवार काठमाडौँमा आयोजना गरेको २०४६ को ऐतिहासिक परिवर्तनपछिको नेविसंघको नेतृत्व सम्हालेका अग्रज तथा पूर्व अध्यक्ष एवम् महामन्त्रीहरूसँगको समसामयिक राजनीतिक तथा सांगठनिक विषयमा अन्तरक्रिया तथा भेटघाट कार्यक्रमका पनि गरेका थियो ।

विज्ञापन

कार्यक्रमा पार्टीका केन्द्रीय सदस्यहरु एनपी सावद, चन्द्र भण्डारी, धनराज गुरुङ, गगन कुमार थापा, बद्री पाण्डे, गोविन्द भटराइ, गुरु घिमिरे , कल्याण गुरुङ, रञ्जित कर्ण नैनसिंह महरसहित संघका पूर्वअध्यक्ष र महामन्त्रीको सहभागिता थियो ।

नेविसंघका पूर्व र वर्तमान पदाधिकारीबीचको छलफलमा केन्द्रीय समितिको विस्तार, महाधिवेशन उन्मुख गतिविधि, सांगठनिक एवम् अन्य क्रियाकलाप र समसामयिक राजनीतिक, शैक्षिक र सामाजिक सन्दर्भमा गर्ने आन्दोलनका सम्बन्धमा कुराकानी भएको थियो ।

सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध सशक्त प्रतिरोध गर्न र पार्टीले घोषणा गरेको आन्दोलनलाई प्रभावकारि बनाउन आफ्नो थप कार्यक्रमसहित नेविसंघ पूर्ण रुपले परिचालन हुनुपर्ने संघका पूर्व पदाधिकारीहरुरुले आवश्यकता औँल्याएका थिए ।

त्यसका लागि अब केन्द्रीय समितिको पूर्णताका निम्ति पार्टी नेतृत्वसँग समन्वय र दबाब सृजना गरि तत्काल विस्तार गराउन आवश्यक पहलको नेतृत्व लिने नेविसंघको पूर्वपदाधिकारीहरुले बताएको संघका महामन्त्री युवराज पाण्डेले बताए ।

सोही अनुसार आफूहरुले नेविसंघको कार्यसमिति विस्तारका लागि आज पार्टी कार्यालय सानेपामा पार्टी नेतृत्वको ध्यानकर्षण गर्ने पत्र बुझाउन लागेको महामन्त्री दीपक भट्टराईले बताए । कार्यक्रममा संघका पूर्व महामन्त्री गगन थापाले प्रतिगामी कदमका विरुद्ध आन्दोलन मार्फत शसक्त प्रतिबाद गर्दै संसद पुनर्स्थापना गराउन लाग्नुपर्नेमा जोड दिए ।

त्यसैले मात्र ससंविधानलाई सहि बाटोमा ल्याउने भन्दै नेबिसंघ लगाएत भ्रातृसंस्थाको तत्काल पूर्णता दिइनुपर्ने थापाले बताए । संघका अध्यक्ष राजीव ढुंगानाले कार्यक्रममार्फत संघलाई अत्यन्त समसामयिक, फलदायी र सौहार्दताका साथ गहन र सान्दर्भिक बिचार, मार्ग निर्देशन र सुझाव, सल्लाह प्राप्त भएको बताए ।

यस्तै अग्रज नेतृत्व पङ्क्तिबाट सदैव साथ, सहयोग र शुभेच्छा रहने बचनबद्धता प्राप्त हुँदा थप उत्साह र हौसला प्राप्त भएको महामन्त्री तिमल्सिनाले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार