होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • आज दिउँसो १५ वटा मुर्रा राँगा रुपैडिया नाका आइपुग्ने
देश/प्रदेश

आज दिउँसो १५ वटा मुर्रा राँगा रुपैडिया नाका आइपुग्ने

  • नागरिक रैबार
आज दिउँसो १५ वटा मुर्रा राँगा रुपैडिया नाका आइपुग्ने

काठमाडौँ । आज बाँकेको नेपालगंजस्थित रुपैडिया–जमुनाहा नाकाबाट मुर्रा राँगा भित्र्याइँदै छ । नेपाललाई भारतले उपहार स्वरुप दिएका १५ वटा मुर्रा जातको राँगा आज दिउँसो १ देखि २ बजेभित्र नेपालगस्थित रुपैडिया–जमुनाहा नाकामा आइपुग्ने नेपालजंगस्थित पशु क्वारेन्टाईन कार्यालयका प्रमुख डा.विनयकुमार कर्णले बताए ।

उनका अनुसार ती राँगा ट्रकमा ल्याउन लागिएको हो । उनकाअनुसार उन्नत जातको नश्ल सुधारका लागि ल्याउन लागिएका राँगाको स्याहारका लागि एकजना भेटेरिनरी डाक्टर पनि सँगै रहेका छन् ।

नेपालमा आज आइपुग्ने १५ मुर्रा राँगालाई एक दिनका लागि नेपालगञ्जस्थित पशु होल्डिङ्ग सेन्टरमा राखिने छ । स्वास्थ्य परीक्षण प्रक्रिया पुरा गरेर मात्रै देशका विभिन्न स्थानमा पठाइने उनले बताए । राँगा नेपाल ल्याएपछि विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालय (पोखरा, नेपालगञ्ज र लहान) मा राखिने छ ।राँगाबाट पोखरा, नेपालगञ्ज र लहानबाटै वीर्य उत्पादन गरिनेछ । सोही स्थानबाट वीर्य संकलन र संरक्षण गरिने जनाइएको छ । रातोपाटीबाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
Breaking News
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • ६ दिन अगाडि