होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • म प्रधानमन्त्रीको रेसमा छैन : सभापति देउवा
समाचार

म प्रधानमन्त्रीको रेसमा छैन : सभापति देउवा

  • नागरिक रैबार
म प्रधानमन्त्रीको रेसमा छैन : सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीकाे रेसमा नरहेको बताएका छन् । काँग्रेसका युवा नेता तथा नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरद्वारा लिखित महाकाण्ड नामक पुस्तक विमाेचन समारोहमा उनले भने, ” म प्रधानमन्त्रीकाे रेसमा छैन । प्रतिपक्षी सरकारमा जानुहुन्न भन्नेहरु पनि छ।

प्रतिपक्षी गभर्मेन्ट इन वेटिङ हाे । तर पनि मलाई प्रधानमन्त्री हुने चाहना छैन ।”
काँग्रेसमा सरकार जाने कि नजाने भन्ने विषयमा बहस चलिरहेको बेला देउवाले सरकार जान नचाहेको बताएका हुन् ।

यस्तै उनले अदालतमा विचाराधीन मुद्दामा आन्दोलन गर्न नुहनेमा आफू सुरुदेखि नै स्पष्ट रहेको पनि बताए । उनले भने, ‘संसदीय व्यवस्थापनमा अदालतलाई याे गर उ गर भनेर सडकमा आन्दोलन गरिए व्यवस्था नै नरहने खतरा हुन्छ । त्यसैले मैले अदालतलाई याे गर त्याे भन्नुहुँदैन भनेकाे हुँ । यसमा म प्रतिबद्ध छु ।” कार्यक्रम देउवा निवास बूढानीलकण्ठमा भएकाे थियाे ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार