होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बक्तृत्वकला प्रतियोगितामा प्रथम भए प्रेम नेपाली
समाचार

बक्तृत्वकला प्रतियोगितामा प्रथम भए प्रेम नेपाली

  • नागरिक रैबार
बक्तृत्वकला प्रतियोगितामा प्रथम भए प्रेम नेपाली

नागरिक रैबार/बाजुरा २२ फागुन। जिल्लाको सदरमुका मार्तडीमा आज भएको भलिवल,कवड्डी र बक्तृत्वकला प्रतियोगितामा  बडीमालिका नगरपालिका ९ का प्रेम नेपाली प्रथम भएका छन् ।

सुदुरपश्चिम बिश्व बिद्यालय बाजुराद्वारा बाजुरा क्याम्पसमा खेलकुद सप्ताह-२०७७ कार्यक्रम अन्तरगत गरिएको बक्तित्वकला प्रतियोगितामा नेपाली प्रथम भएका हुन् ।

एक हप्तादेखि बाजुरा क्याम्पसमा आयोजना गरिएको खेलकुद सप्ताह कार्यक्रमको अन्तिम दिनमा कोरोनाले शैक्षिक क्षेत्रमा पारेको अबसर र चुनौती विषयक गरेको बक्तृत्व कला प्रतियोगिताको शिर्षक रहेको थियो । नेपाली खेलकुद सप्ताह कार्यक्रममा भलिवल र कवड्डीमा समेत प्रथम भएका छन् ।

विज्ञापन

त्यस्तै प्रतियोगितामा लक्ष्मी जोशी द्धितिय र धर्म कार्की तेस्रो भएका छन् । शैक्षिक मात्र नभई विद्यार्थीहरुको सर्वागिंण विकासलाई मध्येनजर गरेर फागुन १६ गते बाट बाजुरा क्याम्पसले आयोजना खेलकुद सप्ताह कार्यक्रम शनिबार सकिएको छ ।

विद्यार्थीहरुको उत्साह र क्षमता अभिवृद्धी गर्नका लागि क्याम्पसको वार्षिक क्यालेण्डर अनुसार सप्ताह मनाइएको बाजुरा क्याम्पसले बताएको छ ।
खेलकुद सप्ताह समापन कार्यक्रममा प्रमुख अतिथि नरेन्द्र रोकाया विशिष्ट अतिथि बडीमालिका नगरपालिकाकी उपप्रमुख कविता बिस्ट, बाजुरा क्याम्पस प्रमुख सुरेस प्रसाद पण्डित, बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंगमल विक लगायत सहभागि भएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार