होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ऋण फिर्ता नगरेको भन्दै अर्काकी श्रीमती बन्धक बनाएपछि…
समाचार

ऋण फिर्ता नगरेको भन्दै अर्काकी श्रीमती बन्धक बनाएपछि…

  • नागरिक रैबार
ऋण फिर्ता नगरेको भन्दै अर्काकी श्रीमती बन्धक बनाएपछि…

कामाडौं । सापटी दिएको रकम फिर्ता नगरेको आरोपमा एक व्यक्तिले ऋणीको श्रीमतीलाई बन्धक बनाएका छन् ।सापटी फिर्ता नगरेको अभियोगमा अर्काकी श्रीमती बन्धक बनाएको आरोपमा भक्तपुरका धिरज श्रेष्ठ पक्राउ परेको महानगरीय अपराध अनुसन्धान कार्यालय, बानेश्वरका एसएसपी चन्द्रकुवेर खापुङले  बताए ।

उनका अनुसार तीन वर्षअघि श्रेष्ठले निर्माण बोम्जनलाई ५ लाख रुपैयाँ दिएका थिए। तर हालसम्म फिर्ता नगरेपछि श्रीमती चमेलीमाया स्याङताङलाई बन्धक बनाएका थिए ।

‘तीन दिनपछि प्रहरीलाई खबर भयो र हाम्रो टोलीले स्याङताङलाई उद्दार गरेको छ’ एसएसपी खापुङले भने, ‘लेनदेनको विषयसँग प्रहरीलाई सरोकार भएन, बन्धक बनाएको कसूरमा मुद्दा चल्छ ।’

विज्ञापन

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार श्रीमती बन्धक बनाएपछि श्रेष्ठले ‘पैसा दे, श्रीमती लैजा’ भन्दै ऋण लैजाने व्यक्तिलाई खबर गरेका थिए । थप अनुसन्धान भइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार